१७ मंसिर, २०७६
शीतलपाटीन्युज डटकम।
लन्डन। लण्डनको पटनीमा होली काउ समूहको पहिलो सिट इन रेस्टुराँ संचालनमा आएको समाचार प्राप्त भयको छ। होली काउ समुहले यस अघी आठवटा टेकवे रेष्टुरेन्ट संचालन गरीसकेको र टेकवेको उल्लेखनिय सफलता प्राप्त भएपछि पहिलो पटक रेष्टुरेन्ट खानपान सहितको होली काउ रेस्टुराँ सञ्चालनमा ल्याइएको हो। बेलायतमा बसोबास गर्ने नेपाली मुलका एक सफल व्यवसायी तथा गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले दक्षिण पश्चिम लन्डनको पटनीमा आफ्नो नयां रेस्टुराँ संचालनमा ल्याएका हो।
बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलीब्रिटी सेफ एन्स्ले ह्यारियटले रेस्टुराँको उद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै ह्यारियटले गएको झन्डै २० वर्ष देखि आफुले आचार्यलाइ चिनेको बताए। उनले खास गरी नया पुस्ताले कडा मेहनत र लक्षप्रति समर्पित भएमा कसरि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा आचार्यबाट सिक्नु पर्ने बताए।
उद्घाटन समारोहलाइ सम्बोधन गर्दै होली काउ समूहका निर्देशक कुल आचार्यले २० वर्ष पहिले बेलायत आए पछि आफुले किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुंदै २००६ मा होली काउ नाम राखी पहिलो टेक अवे खोलेको बताए। आचार्यले आफ्ना सबै ग्राहकहरु, सप्लायरहरु, सहयोगीहरु, स्टाफ तथा परिवारजनलाई पनि धन्यवाद दिए। आउंदो वर्ष नेपाल सरकारको भिजिट नेपाल २०२० मनाउन लागेको बताउँदै सबै ब्रिटिश मित्रहरुलाई नेपालको भ्रमण गर्न आग्रह पनि गरे।
आचार्यकी सुपुत्री कृतिका आचार्यले नृत्य प्रश्तुत गरेर शुरू भयको सो कार्यक्रम होली काउ समूहकी पायल मिश्रले संचालन गरेकी थिइन्। कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका प्रतिनिधिहरु, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।