१४ पुष, २०७६
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाली वेलफेयर सोसाईटी युकेको प्रथम बैठक सम्पन्न भयको छ। गत २४ नोभेम्बर २०१९ मा गठन भएको कार्यसमितिको पहिलो बैठक शनिबार २८ डिसेम्बर २०१९ का दिन लण्डनस्थित हन्स्लो स्पोर्टस् क्लवमा बसेको हो।
सो बैठककले समाजका सक्रिय सदस्यहरु श्याम बहादुर सार्की, हरिशचन्द्र नेपाली, उदी नेपाली, लालबहादुर नेपाली, हेमलाल सार्की, दिलबहादुर सार्की, रामबाहदुर नेपाली(१), रामबहादुर नेपाली(२), गोपाल सिंह नेपाली र गंगाबहादुर सार्कीलाई समाजको सल्लाहकारमा चयन गरेको छ । त्यस्तै, दिल नेपाली र संजय नेपालीलाई कार्यसमितिको सदस्यमा चयन गरेको छ । बैठकले नेपालीहरुको महानपर्व दशैं तथा तिहार मनाउने भयको छ। साथै नेपाली नयाँ बर्ष मनाउने, वेभसाईट निर्माण गर्ने, विधान लेख्ने, लेटरहेड तथा लोगो बनाउने, कोष संकलन गर्ने, समाजको सदस्यता वृद्धि गर्ने, परोपकारी कार्यहरु गर्ने लगायतको निर्णय गरेको छ।
त्यस्तै, बैठकले आगामी १२ अप्रिल २०२० आइतबारका दिन एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली नयाँ बर्ष २०७७ साललाई मनाउने र आगामी ४ अप्रिल २०२० का दिन कार्यसमितिको दोस्रो नियमित बैठक बस्ने निर्णय गरेको छ। नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष धन बहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष पूर्ण बहादुर नेपाली, महासचिव सर्मिला नेपाली, कोषाध्यक्ष थम सार्की, सचिव सम्शेर नेपाली, सह–कोषाध्यक्ष किरण नेपाली र सदस्यहरु धरमेन्द्र बौडेल, आशा देवि रोका, बुद्धि नेपालीको उपस्थिति रहेको थियो।
त्यस्तै, वरिष्ठ सल्लाहकार गोपाल रोका, साधारण सदस्य गंगा रोका र अरमण बौडेलको समेत बिशेष उपस्थिति रहेको थियो।