Sunday November 27, 2022

かついた」勤務中に爆破予告

२३ असार, २०७५ शीतलपाटीन्युज डटकम । 1578



शीतलपाटी डटकम

काठमाडौ - तीजपर्व नजिकिदै गर्दा तीज गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबिच बर्षेनी तीज गीत गाउँदै आएका गायक खुमन अधिकारी र गायिका सुशीला गौतमको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । ‘रातो भाले’ बोलको तीज गीतको भिडियो पनि निकै रोचक बनाइएको छ । गायिका सुशीलाकै शब्दमा रहेको गीतलाई खुमनले लय भरेका हुन्। तीज नजिकिदै गर्दा रातो भालेको पनि चर्चा बढीरहेको देखिन्छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपूत, रिना थापाका साथमा गायिका सुशीला र गायक खुमनको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन । गायिकाले गत महिनामात्रै लोकदोहोरी गीत ‘गफ लायो सोल्टीले’ सार्वजनिक गरेकी थिइन् ।

 (भिडियो)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?