Monday November 28, 2022

पोखरामा अभिलेख महोत्सव सुुरु

२३ असार, २०७५ शीतलपाटीन्युज डटकम 1907



शीतलपाटीन्यूज डटकम

पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरामा रहेका संग्राहलयहरुका साथै पर्यटन प्रर्वद्धन र बिकासमा जोड दिएका छन् । राष्ट्रिय अभिलेखालयले पोखरामा पहिलो पटक आयोजना गरेको अभिलेख महोत्सव–२०७५ को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रदेश नं ४ मा पर्वतीय संग्राहलय र क्षेत्रीय संग्राहलयमा रहेको अभिलेखहरुको इतिहासलाई जिवन्त राख्नका निम्ति छिट्टै नै प्रादेशिक संग्राहलय बन्ने दावी गर्नु भएको छ । इतिहासका बारेमा रुची राख्ने व्यक्तिहरु कम भएको कारण हस्तलिखित ईतिहास एवं अभिलेखहरुलाई जोगाउन सरकारबाट नै पहल गरिनु पर्नेमा उहाँको जोड थियो । उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सीले नेपाल महेत्सवको देश भएकोमा अभिलेख महोत्सव महोत्सवमा मात्र सिमित नहोस् भन्ने भनाई व्यक्त गर्नुभएको थियो । उहाँले वर्तमान अवस्थामा निर्वाचित जनप्रतिनिधिहरुलाई अभिलेख बारे शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले महोत्सवले ऐतिहासिक छाप छोड्न सफल हुने बिश्वास समेत व्यक्त गर्नुभयो । सोही अवसरमा प्रदेश ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरामा पहिलो पटक अभिलेख महोत्सव सञ्चालन गरेकोमा खुशी व्यक्त गर्र्दै वैज्ञानिक तरिकाबाट व्यवस्थित संग्राहलय बनाउनको निम्ति सरकारको सर्मथन रहेको बताउनुभयो । त्यस्तै कार्यक्रमको अवसर पारेर शिव धर्मत्व र बास्तुशास्त्र नामक पुस्तकको विमाचोन समेत गरिएको थियो । विमोचित पुस्तकबारेको इतिहास तथा संस्कृति विभाग, पृथ्वी नारायण क्याम्पसका प्रा.डा. ज्ञान बहादुर कार्कीले समिक्षा गर्नुभएको थियो । अभिलेख महोत्सवको कार्यशाला गोष्ठीमा, अभिलेख व्यवस्थापनमा, राष्ट्रिय अभिलेखालयको भुमिका, अभिलेख संरक्षणको आवशयकता र विधि, इतिहास र संस्कृतिको संरक्षणमा अभिलेखको महत्व बिषयमा अन्र्तक्रिया गरिएको थियो । कार्यक्रम राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गको अध्यक्षता र पत्रकार उमा आलेको सञ्चालनमा भएको थियो । २४ गते सम्म चल्ने उक्त महोत्सवमा पुस्तक प्रर्दशनी तथा बिक्री एवं फोटो प्रर्दशनी गरिने जनाइएको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?