२३ असार, २०७८
मधुसुदन पोखरेल,
काठमाण्डौ।
"प्रिय कालीगण्डकी"
हे काली ! तिमि जांदिनौ अब कतै, बिर्सेर हाम्रो ब्यथा
उठ्यो राष्ट्र जुरुक्क एक स्वर भै,संझी सबै ती कथा।
तिम्रो उद्गम मुक्ति क्षेत्र सहजै, बुझ्नेहरू बुझ्दछन्
शालिग्राम विनाशको लहडमा,ब्यर्थै कति जुझ्दछन् ।।
तारी तोरन विष्णुका चरणमा, संझी हरिबोधनी
बोल्लान् मानिसले खुलेर मनमा, भएछ क्यै सोधनी।
हुंगी मन्दिरमा चढाइ जल त्यो, पूजा हुने कृष्णको
केलादी पछि रामघाट तटमा, कीर्तन उनै विष्णुको।।
रम्भा उत्तरमा र पूर्व तटमा, चिस्यान किनारमा
सिमसार भेग रहेछ सुन्दर अहो, चिर्बिर संसारमा।
अत्रौली अनि डेढगाउँ तिरका, खोल्सा र खाल्सीहरु
चिसो मूल फुटाइ पारी हंसिलो, किसानका मुखहरु।।
माटो रामपुरको मभित्र तनमा, बोल्दैछ फुट्ने गरी
बच्चैदेखि नुहाइ पुजन गरी, आएँ शिरोपर धरी।
कस्तो भाव रहेछ भित्र मनमा, मान्दैन मान्दैन यो
जा जा भन्छ उतै उतै समरमा, कर्तव्य पो भन्छ यो।।
तिम्रो शक्ति अनन्त त्यो प्रकट भो, ढाकेन अज्ञानले
हे ! गंगे तिमी बोल्दिनौ तर अरु बोल्दै गए जोडले।
हुने छैन भलो किमार्थ जसले, सारा यी उद्यम गरी
कालीलाई चलाइ चौपट गरे, हुनेछ ध्वंसै सरी ।।
(फेसबुक वालबाट)
२०७८/३/२१, काठमाडौं।