८ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायतमा सबैभन्दा पहिला खुलेर बेलायती नेपाली समाजमा एकक्षत्र सेवा गरेको सपन इन्टरटेनमेन्ट यूकेले तेस्रो यूके डान्स प्रतियोगिता आगामी १४ अक्टोबर २०१८ मा आयोजना गर्ने भएको छ । प्रतियोगितालाई विगतका वर्षहरुमा भन्दा झनै बढि व्यापक र गुणस्तरीय बनाउन निर्देशक सपनकुमार राई तयारीमा जुटेको कुरा बताउनु भयको छन। निर्देशक राई र संयोजक निसा गुरुङले शीतलपाटीन्युज डटकमको सम्पादकसंग भेटमा कुरा गर्दै यूके डान्स अफको तेस्रो संस्करण फाइनल अल्डरसटको प्रिन्सेस हलमा तय गरेको कुरा जनाउनु भयको छ।
"यूके डान्स अफ कार्यक्रम " विगतका दुई वटा संस्करणको सफल सेलेक्सन पछि अहिले ठूलो उत्साहका साथ तेस्रो संस्करण लागि तयारीमा जुटेका छौं’ निर्देशक सपनकुमार राईले भन्नु भयो ।यसपटक विगतको भन्दा पनि अझै बढि व्यापक सहभागिता र थप गुणस्तरको कार्यक्रम बनाउने लक्ष्य हामीले लीयकाछौं । यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला भइसकेको छ । ईच्छुक प्रतियोगीहरुले यहि ३१ अगस्ट २०१८ सम्म आफ्नो नृत्य गरेको भिडियो आयोजकको इमेल [email protected] मा पठाउन सक्नेछन् ।
प्रवेस शुल्क ५० पाउण्ड लाग्ने सो प्रतियोगितामा भाग लिन १५ वर्षभन्दा माथिको उमेर हुनुपर्नेछ । १६ वर्षसम्मका प्रतियोगीहरुले भने प्रतियोगिताका दिन आफ्नो अभिभावक पनि साथमै लिएर आउनुपर्नेछ । इमेलमार्फत प्राप्त भएका भिडियोहरुको आधारमा फाइनलका लागि १० जना प्रतियोगी छनौट गरिनेछन् । यस वर्षको प्रतियोगितामा निर्णायकको भुमिकामा नेपाली चलचित्र क्षेत्रकी चर्चित नृत्य निर्देशक रेनासा राई, लोकप्रिय नायक दिलीप रायमाझी, नृत्य निर्देशक कविराज गहतराज, पहिलो यूके डान्स अफ विजेता जेनी सुनुवार तथा यूके डान्स अफबाटै उदाएका नायक धिरज मगर रहनेछन् ।
‘स्वदेशको झल्को’ नामको पहिलो राउण्डमा प्रतियोगीहरुले अनिवार्य रुपमा नेपाली गीतमा नृत्य देखाउनुपर्नेछ भने दोस्रो ‘क्याच द रिदम’ राउण्डमा आफुलाई मन पर्ने जुनसुकै गीतमा नृत्य देखाउन सक्नेछन् । प्रतियोगीहरुको प्रस्तुतिमा निर्णायकहरुले प्रदान गरेको अंकबाट ७० प्रतिशत र फाइनल हेर्न उपस्थित दर्शकहरुले प्रत्यक्ष रुपमा दिएको मतबाट ३० प्रतिशत जोडेर अन्तिम नतिजा निकालिनेछ । मुल्यांकनलार्ई सकेसम्म बढि निश्पक्ष र विश्वसनीय बनाउने उद्धेश्यले विगतका वर्षहरुमा जस्तै युट्युबमा अपलोड भएको भिडियोमा दिइएको मतलाई भने यसपटक नतिजाको लागि गणना नगरिने भएको छ ।
पहिलो विजेतालाई १२ सय पाउण्ड, पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । "नृत्यमा प्रतिभा र प्यासन हुने प्रतियोगीहरुको लागि चलचित्र क्षेत्रमा अवसरको ढोका खोलिदिनु नै हाम्रो कार्यक्रमको मुख्य उद्धेश्य हो" सपन राई भन्नुहुन्छ । यस वर्षको कार्यक्रमको लागि प्रमुख सल्लाहकार सुर्य गुरुङ , कानुनी सल्लाहकार राजु थापा सोलीसीटर र सल्लाहकार डा कपिल रिजाल छन् ।
त्यस्तै, कार्यक्रमको मुख्य स्पोन्सर कमल गुरुङ र पुनम गुरुङ (एनआरएन यूके उपाध्यक्ष) सञ्चालक रहेको न्यूबरीस्थित गोर्खा सेफ रेष्टुरेन्ट छ । सपन इन्टरटेनमेन्टले अहिलेसम्म नेपालबाट महजोडी, भुवन केसी, अनमोल केसी, सन्तोष पन्त, अञ्जु पन्त, सुगम पोखरेल, प्रियंका कार्की ल्याएर कार्यक्रम गराई सकेका छन। आयोजक सपन इन्टरटेनमेन्ट यूकेका निर्देशक सपनकुमार राई र कार्यक्रम संयोजक निशा गुरुङ-यसपटक विगतको भन्दा पनि अझै बढि व्यापक सहभागिता र थप गुणस्तरको कार्यक्रम बनाउने लक्ष्यसहित लागिरहेका छन।