२९ कार्तिक, २०७८
केदार थपलिया,
लण्डन।
लण्डन। आजबाट हरेक हप्ता आईतवारका दिन दिनको दुईघन्टाको दरले ६ हप्तासम्म सन्चालन हुने नित्यकक्षाको उद्धाटन समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष हरिष ज्ञवालीले गर्नुभयो ।
यस कक्षा मार्फत समाजका सबै दिदीबहिनीहरुलाई जोड्दै समाजलाई थप मजबुद बनाउन उल्लेख्य भुमिका खेल्नेहुदा यस्ता रचनात्मक कृयाकलापहरुको उपदेहिताको बारेमा चर्चा गर्दै यस कार्यक्रमका संयोजक तथा समाजका कोषाध्यक्ष दिपेन्द्र सिटौलालाई हार्दिक धन्यवाद दिनु भयो। साथै नित्य प्रशिक्षकको भुमिकामा रहनु भयकी यस समाजका आजीवन सदस्य अपेक्षा थापा कार्कीलाई यो भुमिकामा पाउदा समाज गौरवान्तित भयको भन्दै हार्दिक धन्यवाद दिनु भयो। सबै दिदीबहिनीहरुलाई सक्रिय रुपमा पुर्णभाबको साथ दिदीबहिनित्वको भावना लीई यस कक्षाबाट पुर्णरुपमा फाईदा उठाउनु हुन पनि हार्दिक अनुरोध गर्नु भयो।
झन्डै चार दर्जन दिदीबहिनीहरुको सहभागीत रहने बिस्वास गरियको यस कार्यक्रमको समापनमा उत्कृष्ट नित्य साधिकाहरुलाई प्रत्सोहान स्वरूप बिशेष उपहारको पनि ब्यवस्था गर्ने कुराको पनि जानकारी गराउनु भएको थियो।