Sunday April 02, 2023

कवि ओमकार अघिकारीद्वारा लिखीत कविता संग्रह "आत्मानुभब" को लोकार्पण सम्पन्न

४ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1873


कवि ओमकार अघिकारीद्वारा लिखीत कविता संग्रह "आत्मानुभब" को लोकार्पण सम्पन्न

शीतलपाटीन्युज डटकम।
पोखरा। करिब बाईस बसन्त बेलायतमा बिताएका कबी ओमकार अधिकारीद्वारा लिखित “आत्मानुभव” नामक कविता संग्रह पोखराको फेवाताल किनारमा रहेको केदारेश्वर मन्दिर प्रांगणमा यहि  नोभेम्बर १८ गते विहिवार लोकार्पण भएको छ। लेखक ओमकार अधिकारीका पिता प्रेमराज अधिकारी र माता गोमाअधिकारीको चौरासी पूजाको अवसरमा माता पिताकै संयुक्त सभापतित्व र नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा सो पुस्तक लोकार्पण गरिएको हो । सोही अबसरमा लेखक अधिकारीका दिदि साहित्यकार तथा नेपाली कला र संस्कृती संबन्धी  अन्नुसन्धानकर्ता गायत्री पराजुली अधिकारी द्वारा लिखीत धार्मिक पुस्तक कृष्ण कथा तथा भजन पनी एकै साथ लोकार्पण गरिएको थियो। कार्यक्रममा यस अघि नै विमोचन भैसकेका पुस्तकहरू लेखकका पिता प्रेमराज अधिकारीको “आत्मानुसन्धान” र लेखकका भाई डा . चैतन्यअधिकारीको कविता संग्रह “झरीको किनार” पनि सार्वजनिक गरी निशुल्क बितरण गरिएको थियो।

 


कृतिको लोकार्पण गर्दै साहित्यकार सरुभक्तले लेखक अधिकारी लामो समय बेलायत बसे पनी स्वदेश प्रतीको अगाध माया र लगाब देख्दा आंफुलाई साह्रै खुसी लागेको बताऊनु भयो। एऊटै परिबारका चार सदस्यहरुको छुट्टाछुट्टै पुस्तक निशुल्क रुपमा  पढ्न पाऊनु सबै पाठकहरुको अहोभाग्य र गौरभको कुरा हो भन्दै ऊहांले अधिकारी परिबारलाई धन्यबाद तथा शुभकामना दिनुभयो। कवि अधिकारीको पुस्तक आत्मानुभबमा चार खण्ड रहेका छन्
जस्मा पहिलो खण्डमा देश देखी बिदेशसम्मका अनुभबहरु, दोस्रो खण्डमा आध्यात्मिक अनुभब, तेस्रोमा सामाजीक अनुभब र चौंथो खण्डमा राजनैतीक अनुभबहरु र भाबनाहरु समेटीएका कबिताहरु छन्। प्रमुख अतीथी बरिष्ट साहित्यकार सरुभक्तले लेखकका मातापिताको चौरासी पुजाको ऊपलक्ष्यमा सो लोकार्पण कार्यक्रम भएकोमा खुसी ब्यक्त गर्दै हाम्रो पूर्विय संस्कारमा धर्म र साहित्य एक आपसमा जोड़िएको कुरा उल्लेख गर्नुभयो।
कार्यक्रमा विशिष्ट अतिथि पण्डित प्रा डा. नारायणप्रसाद अधिकारीले लेखक अधिकारी परिवारका सबै जना सदस्य प्रतिभाशाली रहेको बताउदै लेखकद्वयका पिता माताको सम्मानमा कविता वाचन गर्नुभयो।

एस्तै चौरासी पूजाका मूल पण्डित तथा बाराहि ऊच्च माबी र बिन्धबासीनी संस्कृत बिध्यापिठका पुर्ब प्राचार्य गंगाधर तिमिल्सिनाले अधिकारी परिवारले समाजमा गरेका कार्यको प्रसंशा गर्दै आफ्ना बिघ्यार्थीहरुको पुस्तक पढ्न पाऊनु खुसीको कुरा भएको बताऊनु भयो।

लेखकद्वय गायत्री पराजुली अधिकारी र ओमकार अधिकारीले आ–आफ़ना पुस्तकहरुको बारेमा आफ्नो भनाई राख्दै पुस्तक विक्रिबाट प्राप्त सम्पूर्ण रक़म आफुहरू पढ़ेको पहिलो पाठशाला श्री परशु प्राथमिक बिधालय,अन्नपूर्ण–१ कास्कीको सहयोगार्थ  आफ्ना माता पिताको नाममा एक प्रतिष्ठान खोली अक्षयकोष खड़ा गरीने र सो कोषको  बचतबाट प्राप्त ब्याज रक़म बिधार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र छात्रबृति प्रयोजनार्थ प्रदान गरिने जानकारी गराए। उक्त बिधालयको सहयोगार्थ लेखकका मातापिताले चौरासी पुजाको अबसरमा तुलादानको रकमबाट यज्ञ,मन्दिर, गुरु, कर्ता र कन्याहरुलाई दान गरी बांकी रहेको सम्पुर्ण रकम स्कुलको सहयोगार्थ प्रदान गरी अक्षयकोषको सिलन्यास गर्नुभयो। सो कोषको रकम सोहि स्कुलका पुर्ब शिक्षक तथा ढिकुरपोखरी गाबीसका पुर्ब अध्यक्ष केदार नाथ अधिकारीले ग्रहण गर्नुभयो। तत्कालिन ढिकुर पोखरी गाबीसमा रहेको सो स्कुल हाल अन्नपुर्ण गा बी स,वडा नंबर एक स्थीत अधिकारी डांडांमा पर्दछ। आत्मानुभब कबिता संग्रहका सबै भन्दा पहिला दुई ग्राहक बन्दै स्वयम् लेखकका माता र पिता दुबैले सो पुस्तक रु एघार हजार एक सय एघारमा खरिद गरी जम्मा बाईस हजार दुई सय बाईस रुपैया पनी सोहि अक्षय कोषमा जम्मा गरी रु एक लाख पुर्याऊन बांकी रकम पनी आंफुहरुले  नै प्रदान गर्ने घोषणा लेखकका पिता तथा आध्यात्मिक चिन्तक  प्रेमराज अधिकारीले  गर्नुभयो। यसरी नै लेखकका भाई डा चैतन्य अधिकारीबाट रु एक लाख, बैनी ईन्दिरा र दिदि गायत्रीबाट संयुक्त रुपमा रु एक लाख र लेखकका ठुलाबा पुर्ब जीबीस सभापती पण्डित राम प्रसाद अधिकारी र ऊहांका चारभाई छोराहरु क्रमस श्याम राज अधिकारी,अम्बीका राज शर्मा, सुर्यराज अधिकारी र चिरन्जीबी अधिकारीको तर्फबाट रु एक लाखको प्रतिबद्दता रहेको कुरा लेखक अधिकारीले जानकारी गराऊनु भयो। कार्यक्रममा लेखक अधिकारीले पनी स्वयंम् रु एक लाख प्रदान गरी जम्मा रु पांच लाख बाट अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरियो। आफ्ना माता पिताको चौरासी पुजाको ऊपलक्ष्यमा रु ५ लाखबाट सुरु गरी  लेखकले आफ्नो चौरासी बर्षको पुजा आयोजना हुने दिन सम्ममा सो कोषको रकम  रु १ करोड पुर्रयाउने लक्ष्य रहेको महत्वकांक्षी योजना पनी सुनाऊनु भयो।

सो अवसरमा आध्यात्मीक चिन्तक प्रेमराज अधिकारीले विगतका संघर्षशील दिनहरू सम्झंदै  चौरासी पूजा लगायत पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा  ऊपस्थीत सबैलाई प्रेमराज अधिकारीको आध्यात्मिक कृती आत्मानुसन्धान र डा चैतन्य अधिकारीको कविता संग्रह झरीको किनार सहित विमोचित दुबै पुस्तकहरू कृष्ण कथा तथा भजन र आत्मानुभब निशुल्क वितरण गरिएको थियो ।रेडिंग नेपाली समाज युकेका महा सचिब रहेका कबी ओमकार अधिकारीले आफ्नो पुस्तक भित्रका केहि कबिताहरु बाचन गर्दै परदेशी जीबनका केहि पिडाहरु र आंफु बेलायत बस्दाका अनुभबहरु पनी साटेका थिए। कार्यक्रममा बिशेष अतीथी पुर्ब सांसद शुक्रराज शर्मा, बरिष्ट अधिबक्ता भुपनिधी पन्त लगायत बिभिन्न ओहदामा रहेका पोखराका ऊच्च पदस्त ब्यक्तीत्वहरु सहित करिब एक सय पचासजना महानुभाबहरुको ऊपस्थिती रहेको थियो। कार्यक्रमको  संचालन लेखकका भाई पोखरा कलेज अफ म्यानेज्मेन्टका प्रिन्सीपल, कबी तथा साहित्यकार डा चैतन्य अधिकारीले गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?