४ मंसिर, २०७८
घनश्याम भण्डारी,
स्कटल्याण्ड,युके।
COP26 सम्मेलन Glassgow को ब्यस्थापनमा राज्यका मुख्य सचिब,राष्ट्रीय स्तरका मीडियाहरु, विभिन्न बिज्ञहरु,मन्त्रीहरु र प्रधानमन्त्रीलाई राम्रो सेवा गर्न सफल भएका एनआरएन युके राज्य समन्वय परिषद स्कटल्याण्डका अध्यक्ष कासीराम भण्डारीलाई नेपालमा आफ़्नो जन्म गाऊँ गुल्मी ज़िल्लामा सारा जनता उर्लेर ज़िल्लाबाट बाजागाजा अबीर खादामालाकासाथ जन्म घरमा लगी उनकी माता र आफन्तहरु सबैलाई समाजका अग्रज, समाजसेवी र राजनीति पार्टीका नेताहरुले भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ।
सत्यावती गाउपालिका वडा ५, गुल्मी निवासीहरु कासीराम भण्डारीले गरेको समाजसेवासँग अति खूसी भएका छन। समाजका विभिन्न छेत्रमा सरसहयोगी कासीराम भण्डारी गाऊँका सबैका लागी एक महत्वपुर्ण उदाहरणीय सहयोगी बनेका छन। ज़िबनमा हरेश नखानु मेहनत गर्दै जानु, सेवा गर्दै जानु सफलता मिल्ने छ भन्ने कासीराम अहिले बाजा गाजाका साथ गाऊँ आऊँदा सर्व साधारणहरु खूसीले रमाएका छन। पानी परेको, रात परिसके पनी नाच्नेहरुलाई थकान छैन,कासीरामलाई बीचमा राखेर गाऊँलेहरु नाचेको दृश्य live online बाट सबैले हेरिरहेका छन। आमाको मुहारमा खुसीको सीमा छैन। आफ़न्तहरुमा खूसी छाएको छ। गाऊँ,खोला,पाख़ा, स्कूल,कलेजहरुमा पहाड़मा जताततै परदेशी कासीरामको चर्चा छ
खैरेनी बजार पूरा कासीराममय भएको छ। सबैले स्याबासी दिएका छन। वडा अध्यक्ष ओम प्रकाश भण्डारी, स्थानीय नेता तथा समाज सेबिहरु लिला बहादुर छेत्री, खगेस्वर ढकाल,महेस भण्डारी र आमा समूहको ठूलो टोलिले धूमधामका साथ उक्त बजारबाट गाऊँसम्म लग्दै गर्दाको दृश्यले सबैलाई आकर्षण गरीरहेको थियो। कासीराम भण्डारीको नेपाल यात्रा सफल र सेवामूलक बनोस। समाज र राष्ट्रले यस्तै नागरिकता पाओस। हार्दिक बधाई तथा शुभकामना काशीराम भण्डारी ।।