Sunday April 02, 2023

प्रिय प्रकृति।

१५ माघ, २०७८ शीतलपाटीन्युज डटकम। 2842


प्रिय प्रकृति।

प्रिय प्रकृति,

 

प्रकृति फूल झै फूल्छु, जुन झै मुस्कुराउछु

दुबै  आँखाहरू बिच तिमीलाई अटाउछु।

प्रकृति कुल्कुली बग्छु छातीभित्र निरन्तर 

प्रकृति प्रेमका धारा बगाउनु अविरल  ।।

 

प्रकृति प्रेमकि खानी तिमी प्रेम भरीरहू

म टिप्छु प्रेमका पुष्प तिमी प्रेम छरिरहू ।

म मेरी प्रकृतिलाई मुटुभित्र सजाउछु 

प्रकृतिका नयाँ रङ्ग चुमेर धित मार्दछु ।।

 

प्रकृति हिउँमा न्यानो प्रेम-फूल फुलाउछु

प्रकृति घाममा मिठो शीत वर्षा गराउछु।

प्रकृति ओठमा हाँसो भरेर मग्न हुन्छु म 

हेरेर प्रकृतिलाई सदैव दङ्ग हुन्छु म ।।

 

म खेल्छु काखमा उन्कै छातीमा म निदाउछु

म मेरो प्रकृतिलाई बिश्वसामु चिनाउछु । 

म गर्छु प्रकृतिलाई माया-प्रेम सधैंभरि 

सदैव तिमीले माया गर्नु प्रेम उसैगरि ।।

 

               🖊️ प्रकृति कँडेल 

                      काठमाडौ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?