२४ माघ, २०७८
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको रेडिंगमा बस्ने नेपालीहरुको साझा संगठन Greater Reading Nepalese Community Association (GRNCA) ले ६ फेब्रवरी २०२ आईतबार परेको बसन्त पंचमी पर्बलाई एक बिशेष कार्यक्रमका साथ मनाएको छ। स्थानिय पार्क कम्युनिटी सेन्टर,पाल्मर पार्कमा आयोजना गरिएको सो कार्यक्रमको सभाहल भित्रै सरस्वतीको मुर्ती स्थापना गरी पुजाआजा गरिएको थियो।
कार्यक्रमको ऊद्घाटन स्थानिय आध्यात्मिक चिन्तक तथा गुरु केदार रिमाल र रेडिंग नेपाली समाजका अध्यक्ष टेक गुरुंगले संयुक्त रुपमा गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका ऊपाध्यक्ष भिमसेन खड्काले गर्नु भएको थियो। नेपाली राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रममा सरस्वती पुजाको महिमा र बालबालिकाहरुलाई यस्को महत्वको बारेमा संक्षिप्त जानकारी गराईएको थियो।
झण्डै एकसय भन्दा बढि महानुभाबको ऊपस्थीती रहेको सो समारोहमा केहि बालबालिकाहरुबाट आआफ्ना प्रतिभाहरु पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमा सहभागी सबैको लागी जलपान तथा प्रसादको पनि ब्यबस्था गरिएको थियो। जाडो यामको अन्त्य र बसन्त ऋतुको आगमनलाई स्वागत गरिने तथा अक्षराम्भ गराऊन शुभ मानिने यो पर्ब मनाऊन रेडिंगको बिभिन्न क्षेत्रमा बसोबास गर्ने अभिबाबकहरु आआफ्ना बाल बालिकाहरुको साथमा आऊनु भएको थियो।
सो कार्यक्रमलाई सफल बनाऊन रेडिंग नेपाली समाजका अध्यक्ष टेक गुरुंग, ऊपाध्यक्ष भिमसेन खड्का,पुर्ब अध्यक्ष कृष्ण न्यौपाने,सल्लाहकार बिश्व आदर्श पण्डित,बालबालिकाहरुका नेपाली गुरु त्रिलोचन गौतम,अभिबाबक शेखर भट्टराई तथा संस्थाका महासचिब ओमकार अधिकारी, सचिब मनी सुबेदि,सहकोषाध्यक्ष जगन्नाथ सापकोटा र सदस्यद्वय लक्ष्मण श्रेष्ठ र ईमानसिं राईको बिशेष भुमिका रहेको थियो।