Sunday April 02, 2023

प्रजातन्त्र : लघुकथा

८ फाल्गुन, २०७८ शीतलपाटीन्युज डटकम। 1732


प्रजातन्त्र : लघुकथा

मोहन आचार्य जलाद, 

लण्डन।

ग्रामीण क्षेत्र  अब्बल दर्जाको रुपमा पर्यटकीय गन्तव्य  मानिन्छ । सामाजिक वातावरणमा हुर्केका राजाराम राजनीतिमा प्रवेश गरेका केही समयमा देशमा राजनीतिले उनको जीवन नै उथलपुथल ल्यायो। लोकतंत्रमा शहीद परिवारको ठूलो सम्मान हुन्छ । जब चुनाव हुंदैथियो  राजाराम राजनीतिमा वर्णन गरिएको लोकतान्त्रिक आन्दोलनमा होमिएका शहीदको चर्चा परिचर्चा गर्दथे।   

आज उनीहरूको रेखदेख हुनु पर्ने हो  सरकारमा बस्नेहरु मौन छन्। पटकपटक मुक्ति आन्दोलनमा सहभागी भएका नेताहरुको देखासिखीले आफ्नो मौलिकता नै बिर्सन पुगेका थिए।आज फाल्गुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भएको दिन । राजारामले अहिलेसम्म पाँच पटक चुनाव जितेर गए । जतिबेला उनी सामान्य रूपले जनताको बारेमा तनमनले जनताको लागि लाइपरेका थिए परन्तु सनयबित्दै गयो ।अहिले देशघाती देशद्रोही बन्न पुगेका छन् भन्ने सुनिन्थ्यो।

त्यो ग्रामीण बस्ती चुनावको बेला मात्र सम्झिन्थ्यो गाउँका युवा पलायन भए का थिए। सुनसान  थियो । बुढापाका अझैं प्रकट गर्दैभन्थेँ हाम्रा नेताहरुलाई सम्मान गर्नुपर्छ । शिक्षित जनशक्तिहरुले अहिले उनीहरूको राजनैतिक प्रजातन्त्रको नौटंकी देखी भोगी सकेका थिए।

शायद अर्को चुनावमा आर्थिक अनियमिता गरेरपनि चुनाव जितेर आउनु कठीन थियो अहिले गणतन्त्रको संचालन युवापुस्ताको लागि अपरिहार्य रहेको देखियो। पुराना दस्तावेजहरु र नेताहरुको भन्डाफोर गर्दै समाजमा बुलन्द आवाज निस्कदै थियो

राजाराम राजनीतिको नाममा जे जे गरेका थिएं । पत्रकारले एकएक पोल खोल्दै थिए। लाचार राजाराम हातमा नेलको सिक्री लिएर जेल जाँदै गरेको दृश्य देखिदा सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट भरिएका थिए। शहीदको आत्माले बल्ल मुक्तिको संदेश प्राप्त गरेको महसुस गरिन्थ्यो ।

मन्मा यस्तै कुरा सृजित हुँदा कतै यहीं परिणति आजका नेताले भोग्ने त होइनन् जस्तो लाग्थ्यो।यही नै लोक तन्त्र भनूँ या गणतन्त्रको मूल्य मान्यताको आदर्श समाजको गरिमा थियो।जब नाराहरु यसरी व्यक्त गरिएका थिए। हाम्रो देश शान्त परिवेश !!

जय स्वाभिमान हाम्रोअभियान !!

वीर शहीद अमर रहुन् ।।

हाम्रो गणतन्त्र हाम्रो मुल मन्त्र 

आदि नाराले ग्रामीण बस्ती गुञ्जायमान भएको थियो।

___________

इन्द्रेणी शर्मा जलद

लन्डन बेलायत

परिचय घटना

गिरप्तार ५ चैत्र २०४५ नारायणगढ चितवन

निरंकुश पञ्चायतको समय 

जनआन्दोलन २०६२/२०६३ को घाइते

स्थान महेशपुर चोक परासी 

मिति ३० चैत्र २०६२

ऐतिहासिक जनआन्दोलन घाइते परिचयपत्र ४०७ 

वैदेशिक यात्रा २०६४ 

पुस्तक प्रकाशित १ इन्द्रेणी शर्मा का कथाहरु कथा संग्रह २०६३

 निर्दयी रात कविता संग्रह २०६३



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?