१ चैत्र, २०७८
म युग बदल्ने नारी हुं ।
~~~~~~~~~~~
दया प्रेमले भरिपूर्ण,प्रकृतिले नै नारी हुं !
सन्तानको आमा घरको लक्ष्मी,माइतीको फूलबारी हुं !!
ससुराको बुहारी म,बुबाकी छोरी प्यारी हुं !
दुबै नाता समान गर्छु,किनकी म नारी हुं !!
छोरी दिदी बहिनी हुं म,घरको भाउजु बुहारी हुं !
छिमेकीमा असल ब्याबहार,समाजमा संस्करी हुं !!
मन मुटाबले मौन बस्दा,नसम्झ लाचारी हुं !
बुज्रुकलाई मुख नफर्काउने,कमजोर हैन नारी हुं !!
चुलो चौका सकी फेरी,अफिसको जिम्मेवारी हुं !
भित्र बाहिर सबै धान्ने,आठ भुजा धारी हुं !!
सहाराको बालुवा हैन,हराभरा सिम्सारी हुं !
आफ्नो पराई सबको चुनौती,झेल्न सक्ने नारी हुं !!
बन्धन हैन पाउजु झुम्का,शिशाको चुरा धारी हुं !
गल्ती भुल माफ गर्छु,नसम्झ म हारी हुं !!
वासनाको प्रहार हुंदा,चिर ढाक्ने सारी हुं !
सेलाएको कोइला हैन,आगोको चिङ्गारी हुं !!
मुसा मयुर वाहन हैन,बाघको सवारी हुं !
हेपि चेपी धावा बोले,दुष्टको सङ्धारी हुं !!
बिध्या देवी मुस्कान खातुन,झमक जात पारी हुं !
अग्रगामी पाइला चाल्ने,युग बदल्ने नारी हुं !!
~~~ कल्पना त्रिपाठी ~~~