३ चैत्र, २०७८
कोमल श्रेष्ठ मल्ल, लण्डन।
नेपाली साहित्य विकास परिषद् युकेद्वारा साहित्य सिर्जना तर्फ वरिष्ठ कवयित्री हिन्दमैञावैद्यलाई र कलासङ्गीत तर्फ गायक प्रमोद शर्मालाई यस वर्षको एनएलडिसी पुरस्कारबाट सम्मानित गर्नेघोषणा गरेको छ।
परिषद्को पुरस्कार सम्मान समितिको अनुसन्धान र मूल्यङ्कनका आधारमा हरेक वर्ष नेपालीनया वर्ष आगमनको अवसर पारेर र नेपाली साहित्य विकास परिषद् युकेले परिषदमा स्थापित विभिन्नपुरस्कारहरू नेपाली भाषा साहित्य सिर्जना,साहित्य सर्जक,साहित्य सेवक,सिर्जनालाई गीतसङ्गीतबाट व्यक्त गर्ने सङ्गीतकार,गायककार र सञ्चार संप्रेषण गर्ने पत्रकारहरूलाई प्रदान गर्दै आएको छ।
यस वर्षको "एनएलडिसी साहित्य पुरस्कार" साहित्य सर्जक वरिष्ठ कवयित्री हिन्दमैञा वैद्यलाईप्रदान गरिएको छ। कवयित्री हिन्दमैञा वैद्य परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै परिषदमा आवद्ध वरिष्ठ आजीवन सदस्य हुन् र सन् १९७७मा बेलायत आएकी कवयित्री ह्न्दमैञा वैद्य बेलायतको माटोमा निरन्तर साहित्य साधना गर्ने प्रथम नारी सर्जक हुन् ।
कवयित्री वैद्यका नेपाली भाषा लगायत नेपाल भाषा(नेवारी) र अङ्ग्रेजी भाषामा गरी तीन भाषामा करिव आधा दर्जन जति कवितासङ्ग्रह पुस्तकहरू प्रकाशितभएका छन् र साथै नेपाली खानाका परिकारहरूको पकायन शिक्षा पुस्तक अङ्ग्रेजी भाषामा प्रकाशन गरेर नेपाली पहिचान फैलाउने महत्वपूर्ण योगदान पनि गरेकी छन् नेपाली साहित्यलाईसमृद्ध गराउन योगदान पुयाए बाफत यस अघि सन् २०२० मा परिषदबाट 'साहित्य सम्मान रजतवर्षअभिनन्दन पत्र तथा पदक' पुरस्कारबाट पनि कवयित्री वैद्य सम्मानित भइसकेकी छन्। पाँच तोला चाँदी र स्वर्ण अक्षरमा बनेको एनएलडिसी नेपाली साहित्य पुरस्कार वरिष्ठ साहित्यकार कोमल मल्ल र कोहिनूर मल्लले आ आफ्ना बाबुआमाका स्मृतिमा सन् २००९ देखि परिषदमा स्थापना गरेका हुन। पुरस्कृत सर्जकले कुनै पनि बेला पदकको साटो नगद लिन चाहेमा रू २१हजार रूपैयाँपरिषदबाट लिन सक्ने परिषद्को नियम रहेको छ।
यसैगरी यस वर्षको "एनएलडिसी साहित्य सङ्गीतकला पुरस्कार" प्रखर गायक प्रमोद शर्मालाई प्रदान गरिएको छ। लामो समय देखि बेलायतमा गीतसङ्गीतको साधना गर्दै आएका अब्बल गायक शर्माले गीतसङ्गीतको क्षेत्रबाट बेलायतमा नेपाली पहिचान समृद्ध बनाउन महत्वपूर्ण योगदान पयाउँदै आएका छन्। परिषदमा गायक प्रमोद शर्माको संलग्नता सन् १९९८ देखि नै निरन्तर रहँदै आएको छ।
गायक शर्माका थुप्रैगीतहरू रेकर्ड भएका छन् र निरन्तर स्टेज कार्यक्रमहरूमा गाउँदै आएका छन्। पुरस्कृत सर्जकले कुनै पनि बेला पदकको साटो नगद लिन चाहेमा रू २० हजार रूपैयाँ परिषदबाट लिन सक्ने परिषद्को नियम रहेको कुरा अध्यक्ष कोमल श्रेष्ठ मल्लको नेपाली साहित्य विकास परिषद् यूकेबाट समाचार प्राप्त भयको छ।