Sunday August 14, 2022

३२ एसएसपी बढुवाको तयारी,पहिलो नम्बरमा को को?

१४ असार, २०७९ शीतलपाटीन्युज डटकम। 5912


३२ एसएसपी बढुवाको तयारी,पहिलो नम्बरमा को को?

शीतलपाटीन्युज डटकम।

काठमाडौ । सरकारले नेपाल प्रहरीमा रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी गरेको छ। महत्त्वपूर्ण विभाग र कार्यालयहरू नेतृत्वविहीन भएपछि सरकारले बढुवा गर्न छलफल थालेको हो।

काठमाडौँ परिसर र उपत्यका अपराध अनुसन्धान महाशाखा नेतृत्वविहीन भएका छन्। कार्यविभाग,मानव श्रोत विभाग,अपराध अनुसन्धान विभाग,विपद् व्यवस्थापन कार्यालय,अन्वेषण योजना तथा विकास निर्देशनालय,मानव बेचबिखन ब्युरो एसएसपी विहीन भएका हुन्। यहाँ कार्यरत एसएसपीहरू डिआइजी बढुवाका लागि सिफारिस भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग,ट्राफिक महाशाखा, प्रदेश १ तालिम केन्द्र,अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय,उपत्यका प्रहरी कार्यालयमा पनि दुवै एसएसपी छैनन्। प्रहरी शिक्षालय भरतपुर, प्रहरी प्रशिक्षण प्रतिष्ठान,महिला तथा जेष्ठ नागरिक सेवा महाशाखाका एसएसपी पनि डिआइजी बढुवाका लागि सिफारिस भएसँगै रिक्त भएको छ। एसएसपीले नेतृत्व गर्ने कार्यालयहरू रिक्त हुँदा शान्ति सुरक्षामै असर पर्ने भएकाले सरकारले केही दिनमै बढुवा गर्ने गृह मन्त्रालयले जनाएको छ। बुधबार बढुवा सिफारिस डिआइजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी भइरहेको छ ।

को-को छन् प्रतिस्पर्धामा ?

रिक्त हुने ३२ एसएसपीमा अटाउन सिनियर ३४ एसपी बिच कडा प्रतिस्पर्धा छ। २०५६ मा निरीक्षकमा भर्ना भएकालाई पनि बढुवा नगरिए २ जना मात्रै फालिनेछन्। एसएसपीको प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान विभागबाट आएका १८ जना एसपी एसएसपी बन्ने दौडमा छन्।

यस्तै २०५२ मा भर्ना भएका दुई जना एसपी पनि एसएसपीको लबिङमा छन् । कञ्चनपुरकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानका क्रममा कारबाहीमा परेर सर्वोच्च अदालतले सफाइ दिएका एसपी डिल्लीराज विष्ट पनि एसएसपीमा बढुवा हुने सम्भावना छन्। सोही ब्याचका गणेश चन्द पनि एसएसपीको दौडमा छन्। सँगै भर्ना भएकी उनकी पत्नी दुर्गा सिंह भने डिआइजी बढुवाका लागि सिफारिस भइसकेकी छन्। नेपाल प्रहरीकै लागि प्रतिस्पर्धा गरेका उनलाई सरकारले राष्ट्रिय अनुसन्धान विभागमा नियुक्त गरेको थियो। पछि उनी नेपाल प्रहरीमै फर्किए पनि ब्याचीभन्दा पछि परेका थिए। अहिले प्रतिस्पर्धामा रहेका विष्ट बाहेक ३३ जना एकसाथ एसपी बढुवा भएका हुन्। डिएसपी भने दुई चरणमा भएका थिए। पहिलो नम्बरमा एसपी सिद्धिविक्रम शाह छन्। उनीसहितको टोली २०५३ मा अनुसन्धान विभागमा खुल्ला प्रतिस्पर्धामा भर्ना भएको थियो। यस्तै अनुसन्धानकै २०५४ र २०५५ मा आन्तरिक रूपमा भर्ना भएका ६ जना पनि एसएसपीको बढुवाको लाइनमा छन्। सुशिलसिंह राठौर,माधवप्रसाद श्रेष्ठ,डम्बरबहादुर विक,उमाप्रसाद चतुर्वेदी,ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ,हिमालयकुमार श्रेष्ठ,विमल बस्नेत,मनोज यादव, दिलीपसिंह देउवा,सञ्जीव शर्मा दास एसएसपी बन्ने सम्भावना छ। विनोद घिमिरे,दीपक बस्नेत,जयराज सापकोटा,रामेश्वरप्रसाद यादव, शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्तीपनि प्रतिस्पर्धामा छन् ।

यता २०५४ मा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएको टोलीबाट राजन अधिकारी,ईश्वर कार्की,मनोजकुमार केसी,रेवती ढकाल,दानबहादुर कार्की,दिनेशकुमार आचार्य,अरुण पौडेल पनि बढुवा हुने करिब निश्चित छ। यही ब्याचका राजेन्द्रप्रसाद भट्ट,किसनसिंह थापा,गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला,जीवनकुमार श्रेष्ठ,दीपक रेग्मी र लोकेन्द्र श्रेष्ठ पनि बढुवाका लागि पहल गरिरहेका छन्। यसपटकको बढुवामा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली र नेपाल प्रहरीमै भर्ना भएको टोलिबीच वरीयतामाको अगाडी आउने भन्नेमा चर्को प्रतिस्पर्धा छ । अनुसन्धान विभागबाट आएका सिद्धिविक्रम शाह पहिलो नम्बरमा यथावत् रहन चाहन्छन्। यता अर्को टोलीबाट दानबहादुर कार्की पनि वरियतामा अगाडी आउन लागिरहेका छन् । दुवै जना यो टोलीबाट अब्बल मानिन्छन्।

कार्की कपिलवस्तुमा र शाह ललितपुर परिसरमा कार्यरत छन् । यो ब्याचबाट २०८२ सालपछि प्रहरी नेतृत्वमा पुग्नेछन् । पुरानो टोलीका डिल्लीराज विष्ट पनि पहिलो नम्बरमा बढुवा हुने सम्भावना छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?