Thursday June 01, 2023

पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी

१३ श्रावण, २०७९ शीतलपाटीन्सुज डटकम। 3122


पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी

मनसुदन थापा मगर,

लण्डन। राष्ट्रिय तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ। यही ३१ जुलाई तारिख आइतबारका दिन अल्डरसटको एम्पार हलमा भब्यरुपमा सम्पन्न हुनगइरहेको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको प्रतिष्ठानको अध्यक्ष टंक शेरचनले बताउनुभएको हो। 

कार्यक्रममा नेपालदेखि आउनुभएका चर्चित लोक तथा दोहोरी कलाकारहरु सान्त रानी परियार,राजन कार्की,अस्मिता डल्लाकोटी, बिलन थापा मगर, भुमिका शाह र विशाल रायमाझी बिच घम्साघम्सी लाईभको मजा लिन सकिनेछ भने लाईभ दोहोरी पश्चात सम्पूर्ण कलाकारहरूको एकल प्रस्तुति समेत रहनेछसाथै मोडल तथा डान्सरहरू रिना थापा मगर र विपना गुरुङको बेजोड नृत्यका साथै निर आले मगरको हास्यव्यंग्य प्रस्तुति रहनेछ। 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखा सम्पूर्ण नेपाली हरूको साझा संस्था भएको हुनाले बेलायतमा जतिपनि संघसंस्थाहरु हुनुहुन्छ लगभग सबैलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको र कसैलाई निमन्त्रणा छुट्न गएमा विभिन्न सामाजिक सञ्जालमार्फत गरिएको बिज्ञापन तथा निमन्त्रणालाई आधार मानेर कार्यक्रममा पाउनुहुनेछ र कार्यक्रमको शोभा दिनुहुनेछ भनि यस स्वर्णिम साँझ कार्यक्रमका संयोजक प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण रानामगरले अनुरोध गर्नुभएको छ। 

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने भने  औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका  सचिव रत्न साहिले भएको छ भने सांगीतिक कार्यक्रमको संचालनद्वया कलाकार मनसुदन थापा मगरलाई र कल्पना श्रीपालले गर्ने भएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?