Tuesday September 27, 2022

“हाइक फर नेपाल इन वयल्स "को पदयात्रा भब्य सम्पन्न।

२३ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1385


“हाइक फर नेपाल इन वयल्स "को पदयात्रा भब्य सम्पन्न।

HIKE FOR NEPAL 2022

💕💕💕💕💕💕💕💕💕

सुधा गुरुङ्ग,

ब्रेकन, वयल्स।

पोखरेवा मंच सुके र बी वील राइज नेपालको संयूक्त संयोजकत्वमा २०१७ बाट वेल्समा नियमित आयोजना गरीदै आएको ३ दिने हाइक फर नेपाल क्याम्पिङ्ग समाप्त भएको छ।

६ अगस्ट शनिवार का दिन बिहान १० बजेबाट शुरु भएको पदयात्रा करीब ८ माईलको दुरीको थियो। बेलायतका विभिन्न स्थानबाट Hike For Nepal मा सहभागी हुन आएका झन्डै ९०-९५ जनाको समुहले ८८६ मिटरको उचाईमा अवस्थित पेनी फ्यान डांडा चढेका थिए। 

बिहान ०९३० बजे क्याम्प साईटमा भेला भएका हाईकर्सहरुलाई वी वील राइज फाउण्डेसनका प्रमुख सल्लाहकार मेजर खुसिमान गुरुङ्ग (एमभिओ) ले हाईकिङ्गको रुट, हेल्थ एन्ड सेफ्टी ब्रीफ र अन्य आवश्यक जानकारीहरु बारे सुचित गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथी ब्रेकनका मेयर डेविड मेरीडिक्स थिए साथै ब्रेकनका काउन्सिलरहरु, धम्पुस ब्रेकन ट्यूनिङ्ग अध्यक्ष, स्थानीय ब्यवसायीहरुको पनि उपस्थिती थियो। कार्यक्रममा मेयर मेरीडिक्स, पोखरेली मंचका निवर्तमान अध्यक्ष एवम वी विल राईज फाउन्डेशन यूकेका संयोजक मान प्रसाद गुरुङ्ग, र पोखरेली मंचका अध्यक्ष करम गुरुङ्गले कार्यक्रम बारे छोटो मन्तब्य राखे पश्चात हाईकिङ्गको लागि प्रस्थान गरिएको थियो। 

२०१५ मा स्वदेशमा भूकुम्पले तहस नहस पारेको पर्यटन ब्यवसायलाई प्रबर्धन गराउने उद्देश्यले हंगकंगमा तुलसी कुमार गुरुड दाइको अध्यक्षतामा गठित We Will Rise Foundation ले हंगकंगबाट शुरु गरेको हाईक फर नेपाललाई बेलायतमा पोखरेली मंचका निवर्तमान अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा २०१७ बाट वेल्समा नियमित रुपमा गरीदै आईएको हो तर बिगत २ बर्ष यता कोरोना महामारीका कारण बन्द भएको थियो। 

यसपटकको चौथो हाईकिङ्गमा पांच ६ देखि ६५-७० बर्ष उमेर समुहसम्मका सहभागी भएका थिए। मौसमले पनि अत्यन्त साथ दिएको थियो!  क्याम्पिङ्ग साईटमा शुक्रबार र शनिबार बेलुका स्वादिस्ट भोजनको सम्पूर्ण ब्यवस्था पोखरेली मंचले सुपथ मूल्यमा गरेको थियो। स्वादिस्ट भोजन बाथ शहरमा अवस्थित याक यति याक रेस्टोरेन्टका प्रोपराईटर सेरा गुरुङ्गले तैयार पारेका थिए! साथै उनलाई सहयोग गर्ने पोखरेली मंच यूकेका स्वयमसेवी सदस्यहरुको पनि कमी थिएन! सुन्दर, शान्त, रमणीय स्थलमा अवस्थित क्याम्पिङ्ग साईटमा शौचालय, स्नानगृह आदिको ब्यवस्था अत्यन्त राम्रो थियो। प्रती ब्यक्ती क्याम्पिङ्ग शुल्क केवल ३० पाउन्ड मात्रै थियो। साथै बिहान बिहानै तातो तातो सेल रोटी आलु चनाको तरकारी केवल पांच पाउन्डमा उपलब्ध गराईएको थियो भने नेपाली मसाला चिया पनि उपलब्ध थियो। 


हाईकिङ्ग अनि खानपान पश्चात लाईभ गीत संगीत अनि नाचगानमा सबै झुमेका थिए। लाईभ गीत गाएर सबैलाई मंत्रमुग्ध पार्ने स्थानीय कलाकारहरु थिए, सुष्मा गुरुङ्ग, रोहित गुरुङ्ग, राजु गुरुङ्ग, मधु गुरुङ्ग, बिनय गुरुङ्ग, सुन्दर गुरुङ्ग, जीवन गुरुङ्ग, लाल प्रसाद गुरुङ्ग र ख्याती प्राप्त गायक रबिन श्रेष्ठ।

बेलायती ब्यस्त जीवनशैली, शहरको भागमभागपूर्ण दैनिकी देखि केही दिन शान्त वातावरणमा साथीभाइमाझ रमाउदै दिल र दिमागलाई फ्रेश र तनावमूक्त बनाउन ३ दिने यो क्याम्पिङ्ग अत्यन्त उत्तम हुने कुरामा दुईमत पक्कै छैन! क्याम्पिङ्ग ईज द चीप एन्ड बेस्ट होलीडे! 

यो पाली तपाईहरुले यो अवसर मिस गर्नुभयो हैन त? फिक्कर नगर्नोस... There is always next time! त्यसैले अर्को सालको लागी समय निकालेर सहभागिता जनाउने प्रयत्न गर्नुहोला हजुर हो💕  साथै यस पालीको मिटिङ्गमा - अर्को साल आउने हरेक क्याम्पर्सले कम्तीमा एक जना बिदेशी साथीलाई अवश्यै ल्याउने प्रयत्न गर्ने प्रतिबद्धता पनि जाहेर गरे।

सो गर्दा ती बिदेशी साथीहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सके मात्र साचों अर्थमा स्वदेशमा पर्यटन प्रबर्धन गर्न टेवा पुग्ने कुरामा सबैले सहमती जनाए।😍



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?