Tuesday September 27, 2022

३ सेप्टेम्बर २०२२ शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुदै

२४ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1247


३ सेप्टेम्बर २०२२ शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन।नेपाली युथ असोसिएसनको आयोजनामा यही ३ सेप्टेम्बर शनिवारका दिन ग्रीनवीच फेस्टिवल हुने भएको छ। उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको क्रिकेट तथा फुटबल  मैदानमा सञ्चालन हुने फेस्टिबलमा १० औ ग्रीनवीच कप प्रमुख आकर्षक हुने आयोजकको दाबी छ। 

प्रतियोगितामा १२ देखी १६ फुटबल  टोलीको सहभागिता रहने छ। प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित नगद प्राप्त गर्नेछ।फेस्टिबलमा मुख्य आकर्षकको रुपमा नेपालका राष्ट्रिय लोक दोहोरि कलाकार को बेजोड प्रस्तुति,लाइभ म्युजिक,विभिन्न किसिमका बाजा,खानाका स्टल, बालबालिकाका खेल जस्ता आकर्षणहरु समेत थपेर महोत्सवका रुपमा आयोजना गरिदै छ।  

संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्णमा अपिल गरेका छन्।

स्थानीय विभिन्न सस्थाहरुको समेत सहयोगमा हुने फेस्टिवल निकै रमाइलो हुने आयोजकले बताएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?