Wednesday September 28, 2022

नेपालको पर्यटन बिकासका लागी बेलायतमा भयको पदयात्रा भब्य,पोखरेली मंच युकेका अध्यक्ष गुरुड्गले दिए सबैलाई धन्यबाद

२६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1583


नेपालको पर्यटन बिकासका लागी बेलायतमा भयको पदयात्रा भब्य,पोखरेली मंच युकेका अध्यक्ष गुरुड्गले दिए सबैलाई धन्यबाद

शीतलपाटीन्युज डटकम।

लण्डन। पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेशनले नेपालको पर्यटन प्रवर्धनका लागि चौंथोपटक “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा भब्य सम्पन्न भयको छ। गत शनिबार ६ अगष्ट २०२२ का दिन वेल्स राज्यको ब्रेकनस्थित ८८६ मिटर उचाईमा अवस्थित “पेन वाई फेन (Pen -Y- Fan)” नामक चुचुरोसम्मको पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको हो। 

पोखरेली मञ्च युके र वी विल राईज फाउण्डेश नेपाल नामक संस्थाको सकृयतामा नेपालको पर्यटन प्रबर्द्धनका लागि स्थानीय बेलायतबासीसँग नजिकको सम्बन्ध विकास गराउन,नेपालप्रतिको दायित्व र सम्बन्ध जोड्न नयाँ पुस्तालाई परिवार तथा स्कुल,कलेज र विश्वविद्यालयमा अध्ययनरत साथीभाइहरुसँग नेपाल भ्रमणका लागि प्रेरित गराउन,नेपाली समुदायमा स्वस्थ्य जीवनशैलीको जानकारी गराउन,बाहिरी क्रियाकलाप तथा सहासिक कदमको परिचय गराउन,दैवीप्रकोपका घटनाहरुमा सहयोग जुटाउन,साहसिक यात्राको पूर्व प्रशिक्षण गराउने उदेश्य लिएर पदयात्रा हुदै आएको छ। 

पदयात्रामा १५० जना सहभागी रहेको,पदयात्रा भब्य भै सबै सहभागी खुसी भयको, कार्यक्रम पश्चात सबै पदयात्रीहरु कुलसपुर्वक आआफ्नो बासस्थान पुगेको कुरा शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मीसंगको कुराकानीमा पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गले बताउनु भयो। अध्यक्ष गुरुड्गले कार्यक्रममा उपस्थित भै सफल बनाउन सहयोग गर्ने Chief guest Councillor David Meredith-mayor of Brecon town councillor,Special Guest Fiona Williams Town Clerk of Brecon town,Special guest Mr Colin Preece-Vice Chairman-Brecon and Dhampus Twinning Association UK,अतिथी Chief advisor PMUK तथा वी वील राइज युकेका Coordinator Man Prasad Gurung,Managing Director and Chairman Nepali Village UK का मेजर रिटायर्ड खुसीमान गुरुड्ग एमभिओ,पोखरेली मंचका संस्थापक अध्यक्ष रि क्याटेन सीबी पुन,पोखरेली मंचका सल्लाहाकार महेस गुरुड्ग लगायत सबै सहयोगीहरुलाई बिज्ञप्ति निकालेर धन्यबाद दिएको कुरा बताउनु भयो। 

अध्यक्ष गुरुड्गले नेपालको पर्यटन प्रबर्द्धनका लागि स्थानीय बेलायतबासीसँग नजिकको सम्बन्ध विकास गराउन,नेपालप्रतिको दायित्व र सम्बन्ध जोड्न नयाँ पुस्तालाई परिवार तथा स्कुल,कलेज र विश्वविद्यालयमा अध्ययनरत साथीभाइहरुसँग नेपाल भ्रमणका लागि प्रेरित गराउन,नेपाली समुदायमा स्वस्थ्य जीवनशैलीको जानकारी गराउन,बाहिरी क्रियाकलाप तथा सहासिक कदमको परिचय गराउन,दैवीप्रकोपका घटनाहरुमा सहयोग जुटाउन ठुलो काम भयको बताउनु भयो।

नेपालीहरुको बार्षिक भेटघाट र मनोरन्जन हुने यो पदयात्रा कार्यक्रममा संस्थाका उपाध्यक्ष पवित्र गुरुड्ग,महासचिव जसु गुरुड्ग,समाजसेवीहरु मंजु गुरुड्ग,सुधा गुरुड्ग,मंजु गुरुड्ग राई, मधु गुरुड्ग,पवित्रा भट्टराई,सामाजीक अभियन्ताहरु बिक्रम भट्टराई,भोज बराल,लाल प्रसाद गुरुड्ग, रोहित गुरुड्ग, श्रीमती सुष्मा गुरुड्ग, शेरा गुरुड्ग, हरिमाया गुरुड्ग,पुर्णिमा गुरुड्ग एवम पीपल मर्गेजका डाइरेक्टर सुर्य गुरुड्ग समेतको भब्य उपस्थिती रहेको र प्रचार प्रसार गरेर सहयोग पुर्याउनु भयका पत्रकारहरुलाई पनि अध्यक्ष गुरुड्गले घन्यबाद दिनु भयको छ।

धन्यबाद बिज्ञप्ति:

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?