Wednesday September 28, 2022

मनोरन्जनात्मक गुरुड्ग संस्कार प्रस्तुत गरिएको “स्यूरु” फिल्म बेलायतमा प्रदर्शन हुदै

२८ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1313


मनोरन्जनात्मक गुरुड्ग संस्कार प्रस्तुत गरिएको “स्यूरु” फिल्म बेलायतमा प्रदर्शन हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। गुरुङ सस्कृतिमा र कलामा धनी मानिन्छ। यध्दपि आज बसाई सराईको कारण गुरुङ भाषा,सस्कार र सकृति लोपोन्मुख अबस्थामा छ। भाषा बिदहरु,चलचित्रको सम्बादहरु,गीतहरु,भिडियोहरु,भिजिअलहरु र धर्मगुरुहरुले बाचन गर्ने शास्त्रको मन्त्र,श्लोक र बचनहरु नै यस्लाई बचाउने सजिलो उपाय भनिन्छ। 

त्यसैले चलचित्र हेर्नु भनेको मनोरञ्जन मात्रै नभएर भाषा र सस्कृतिको प्रबर्धन पनि हो। मनोरन्जनात्मक शैलीमा एउटा संस्कारलाई नजिकबाट प्रस्तुत गरिएको भावनाको गाठो अर्थात स्युरु गुरुङ चलचित्र युकेमा प्रदर्शन हुन गइरहेको छ। लोप हुँदै गइरहेकोको संस्कारलाई उजागर गरेको यो फिल्मको अवलोकन गरी मनोरन्जन लिनु हुन र सुझाब स्वरुप प्रतिक्रिया दिनु हुन निर्देशक सोम गुरुड्गले अनुरोध गर्दछु भन्नु भयको छ।

गुरुड्ग संस्कृतिको परम्परा झल्किने र यथार्थ उजागर गर्ने प्रयास गरेको यो फिल्म हेर्न तल दिएको मिति र सथानमा पाल्नु हुन अनुरोछ गरिएको छ। गुरुङ भाषा र सस्कार सस्कृतिमा आधरित भएर निर्माण भएको चलचित्र "स्यूरु " हेर्न उपस्थित भैदिनु हुन सबै युके बासीलाई सादर अनुरोध छ।

फिल्म प्रसारण स्थान -

स्थान - एम्पायर हल अल्डरसट युके, GU11 1DJ

मिती – ०९ सेप्टेम्बर २०२२

समय - १९:०० बजे।

सम्पर्क - 

१) मे डमर घले ०७४२५६०३७३७

२) एकेन्द्र गुरुङ ०७५३३१८११५३

३) जुमकाजी गुरुङ ०७७६६४६२३२५

 

 

Posted by Som Gurung on Wednesday, August 3, 2022

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?