Tuesday September 27, 2022

घान्द्रुक समाज युकेको समर भेटघाट भब्य सम्पन्न

२९ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1259


घान्द्रुक समाज युकेको समर भेटघाट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन १३ अगस्ट २०२। घान्द्रुक समाज युकेले आफ्नो बाह्रौं वार्षिक समर भेटघाट यहि ६ अगष्ट २०२२ शनिबारको दिन फार्नबोरो स्थित सम्यूएलकोडी स्पोटर्स कलेजको हलमा भव्यताका मनाएको छ।

बिहान करिब ११:३० बजे देखि शुभारम्भ गर्ने भनेको कार्यक्रम आगमनमा केही ढिलाइ भयको कारण करिब १ बजेतिर शुरू भएको थियो। औपचारिक कार्यक्रम शुरू हुनु पूर्व सधैं झै पच्यु गुरुदेव बहादुर गुरुङद्वारा घान्द्रुक क्षेत्रको आस्थाको केन्द्र श्री मेश्रम बराहको पूजा आराधना गरेको थियो र प्रसाद ग्रहण गरेपछि अतिथिहरुमा तमु धी युकेको अध्यक्ष हितकाजी गुरुङ र वहाँको धर्मपत्नी,तमु प्ये ल्हु संघ युकेको अध्यक्ष रण बहादुर गुरुङ र वहाँको धर्मपत्नी साथै अर्को अतिथि तमु धी नेपालको केन्द्रीय महिला विभागको निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार घान्द्रुके चेली श्रीमति हरिमाया गुरुङको आगमन भए पछि सचिव द्धय राजकुमार गुरुङ र श्रीमति पूनम गुरुङले नारायण सिंह गुरुङको सभापतित्वमा सबैलाई क्रमैसंग आसन ग्रहण गराउँदै पहिलो चरणको औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।

पहिलो चरणको कार्यक्रममा कोरोनाको कारण गुमाउन पुगेका समाजका सदस्यहरुको नाममा एक मिनेट मौन धारण गर्यो भने संस्थापक अध्यक्ष मेजर उदय गुरुङ,वर्तमान अध्यक्ष नारायण सिंह गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति हरिमाया गुरुङले पानसमा द्वीप प्रज्वलन गर्नु भयको थियो भने उपाध्यक्ष देव बहादुर गुरुङले स्वागत मन्तब्य तथा हेल्थ एंड सेफ्टी बारेमा छोटो मन्तब्य राखेर आमन्त्रित अतिथि पुरुषहरूलाई घान्द्रुक समाज युके लिखित भाङ्ग्रा र महिलाहरुलाई सल पछ्यौरा मायाको चिनो स्वरूप ओढाएर सम्मान गरियको थियो। लगत्तै वहाँहरुबाट छोटो छोटो मन्तब्य व्यक्त गरेका थिए भने त्यसपछि यस वर्ष समाजको आजीवन सदस्यता लिने करिब ३० जना सदस्यहरू र विभिन्न विधामा स्नातक तह वा सो भन्दा माथिको स्तर अध्ययन गरेको करिब १५ जना नानीहरूलाई बाबा आमा सहित सम्मान गरियो। त्यस्तै गरि समाजको लागि सधैं दिलोज्यान दिएर समाज लाई योगदान दिनु हुने ८ जना सदस्यहरू जसमा याम गुरुङ, ज्ञाना गुरुङ,गोपीचन्द्र गुरुङ,रमेश गुरुङ,लाल प्रसाद गुरुङ,पूर्ण गुरुङ, राम बहादुर गुरुङ र अर्जुन गुरुङलाई सम्मानित गरियो। त्यस्तै गरि नेपाल स्थित श्री मेश्रम बराह मा. वि. ११ र १२ कक्षा सञ्चालनको लागि आर्थिक सहयोग गरेर गत समारोहमा सम्मान गर्न छुट भएका चन्दा दाताहरुलाई मेश्रम बराह मावि घान्द्रुकको अर्थ संकलन समितिको संयोजक क्या. कमल गुरुङ र सदस्य सुमन बहादुर गुरुङको बाहुलीबाट खादा सहितको मायाको चिनो स्वरूप प्लेक प्रदान गरियो।

त्यसपछि टिपन टापन खाजाको मज्जा लिँदै दोश्रो चरणको कार्यक्रम शुभारम्भ गरिएको थियो। दोश्रो चरणको सुरुवातीमा घान्द्रुक क्षेत्रमा बोलिने खाटी गुरुङ भाषाको संरक्षणको लागि वर्षेनी २० वर्ष मुनिको नानीहरूलाई समेटी यहि वार्षिक भेट्घाट कार्यक्रममा सञ्चालन गर्ने गरेको गुरुङ भाषा प्रतियोगिता सञ्चालन गरेको थियो। आफ्नो मातृ भाषा प्रति आकर्षण घट्दै गएको कारण जम्मा ५ जना नानीहरूले भाग लिएको थियो भने कार्यक्रम एकदमै सन्देशमुलक र रमाइलो भएको थियो। यस कार्यक्रमको लागि संस्थापक अध्यक्ष श्री मेजर उदय बहादुर गुरुङले २०१३ साल देखि नै रनिङ्ग शिल्डको प्रायोजन गर्नु भएको छ भने नगद पुरस्कार चाहिँ बहालवाला अध्यक्षले १०० पाउण्ड प्रायोजन गर्ने र बाँकी नपुग रकम घान्द्रुके गुरुङ भाषा संरक्षण समितिले दिने परम्परा रहेको छ। यस वर्ष प्रथम स्थान हाँसिल गर्न रेडिङ्ग निवासी कृष्म गुरुङ सफल भई रनिङ शिल्ड र आकर्षक नगद पुरस्कार जित्न सफल भयो भने दोश्रो स्थान अल्डरशट निवासी अञ्जना दर्शनी गुरुङ र तेस्रो स्थान बेइजिङ स्टक निवासी अरूष गुरुङ सफल भयो। यस कार्यक्रमलाई ज्ञान प्रसाद गुरुङ र नरकाजी गुरुङले सञ्चालन गरेको थियो भने देव सिंह गुरुङ,फुलमाया गुरुङ र शर्मिला गुरुङले मूल्यांकन गरेका थिए।

त्यस्तै गरि समाजले आधा तोला सुन पहिलो पुरस्कार राखी राफल ड्र कार्यक्रम सञ्चालन गरेकोमा उक्त प्रथम पुरस्कार देवी राज गुरुङले हात पार्न सफल भयो भने अरू अरू थुप्रै थुप्रै पुरस्कारहरू विभिन्न व्यक्तिहरूले हात पारी कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए।र उक्त कार्यक्रमलाई राज कुमार गुरुङ, पूनम गुरुङ र जुम प्रसाद गुरुङले सञ्चालन गरेका थिए ।

 

त्यस्तै गरि अन्तिम चरणमा विमल गुरुङको संयोजकत्वमा घान्द्रुकेहरुको आफ्नै कलाकारहरु जसमा कोरियोग्राफर पूनम गुरुङ,आरती गुरुङ, सोनम गुरुङ,आशा गुरुङ,कविता गुरुङ,विमल गुरुङ,मुना गुरुङ,केञ्जी गुरुङ,तारा गुरुङ,कृष्म गुरुङ,पूजा गुरुङ,पूनम गुरुङ र तारा गुरुङले नृत्य गरेर र ईश्वर गुरुङले गीत गाएर भरमग्दुर मनोरञ्जन दिलाएका थिए र अन्तमा ग्रुपमा थाकिन्जेल नाचेर बेलुकाको ९ बजेतिर कार्यक्रमको अन्त भएको थियो।

नारायण सिंह गुरुङ

अध्यक्ष

घान्द्रुक समाज युके



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?