Sunday November 27, 2022

तीजमा नेपालीको उपहारः “माईती आगन” (भिडियो समेत)

२९ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1409


तीजमा नेपालीको उपहारः “माईती आगन” (भिडियो समेत)

शीतलपाटीन्युज डटकम।

लण्डन।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई लक्षित गर्दै सम्पूर्ण नारीहरुमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहार स्वरुप तीज गीत भिडियो सार्वजनिक गरिएको छ।

प्राश्ना शाक्यको स्वर रहेको सार्वजनिक ‘माइती आँगन’ बोलको गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल मास्केको संगीत रहेको छ। कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशन रहेको भिडियोमा तीजमा जम्मा भएर चेलीहरुले रमाइलो गरेको प्रसङ्गलाई देखाउन खोजिएको छ। विनिता थापाको कोरियोग्राफी रहेको भिडियोको कलर संयोजन भरत रेग्मीले गरेका छन्।

भिडियोमा आस्था जोशी,रोश्ना कार्की,दिपिका श्रेष्ठ,निरु कोइराला, रिमा कंडेल,अमिका महत,शिक्षा पौडेल,विनिता थापा,विनी खनाल, प्रतिमा पाण्डे,मेरिना थापा,दिपक थापा र मैथाने मगर फिचर्ड छन्।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?