Sunday November 27, 2022

बल बहादुर थापा रामबजार सोसाईटी युकेको अध्यक्षमा निर्बिरोध

३१ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1552


बल बहादुर थापा रामबजार सोसाईटी युकेको अध्यक्षमा निर्बिरोध

शीतलपाटीन्युजसडटकम।

लण्डन। रामबजार सोसाईटी युकेको बार्षिक अधिबेशन हालै सम्पन्न भयको कुरा संस्थाका सल्लाहाकार महेश गुरुड्गले जानकारी दिनु भयको छ। सो संस्थाको बार्षिक अधिबेशन पाकिस्तानी कम्युनिटी हल रिडिड्गमा १४ अगस्त २०२२ मा बसेको थियो ।

राम बजार सोसाईटी युकेका अध्यक्ष पहलमान गुरुड्गको अध्यक्षतामा भयको बार्षिक कार्यक्रममा बर्ष भरि भए गरेका बिबरणहरु प्रस्तुत गरिएको थियो भने नया कार्यसमितीको पनि निर्बिरोध चयन गरिएको थियो।

नया कार्यसमितीको अध्यक्षमा बल बहादुर थापा निर्बिरोध चयन हुनु भयको छ। त्यस्तै गरि प्रथम उपाध्यक्ष सरोज गुरुड्ग,द्वितीय उपाध्यक्ष मीना गुरुड्ग,सचीव सरिन थापा,कोषाध्यक्षमा टेमान थापा र सदस्यहरु कृष्ण पुन,बिष्णु गुरुड्ग,उत्तरमाया गुरुड्ग,चेतन गुरुड्ग निर्वाचित हुनु भयको समाचार छ।

नेपालको पोखरा रामबजार घर भै बेलायत बसोबास गर्ने समाजसेबी, परोपकारी रामबजारबासीहरु १५० जना उपस्थित मै रमाइलो गरेको सो भेला अध्यक्ष पहलमान गुरुड्गको अध्यक्षतामा सम्पन्न भयको थियो। सो अवसरमा सचिब सरोज गुरुड्गले हालसम्मको कार्यक्रम बारे जानकारी र कोषाध्यक्ष जगतमाया गुरुड्ग बिरामी भयकोले उहाले पेश गर्ने आर्थिक रिपोर्ट अध्यक्ष दुधराज गुरुड्गले प्रस्तुत गर्नु भयको थियो।

कार्यक्रममा आजीवन सदस्य ९१ बर्षिय तिलु गुरुड्ग र ९० बर्षिय धन सि तमुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो। सो गरिमामय रामबजार सोसाइटी युकेको बार्षिक कार्यक्रममा प्रोफेसर नारायण गुरुड्ग, संस्थापक संरक्षक एवम सल्लाहाकार चन्द्र पुन, प्रमुख सल्लाहाकार महेश गुरुड् समेतले शुभकामना मन्तब्य दिएको सो कार्यक्रममा पुर्ब अध्यक्षहरु, कार्यसमिती पदाधिकारीहरु, बरिष्ठ समाजसेवीहरु, बाबाआमाहरु, दाजुभाईदिदीबबीनीहरुको उपस्थितीले रमाईलो बनेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?