Sunday November 27, 2022

शिव मन्दिर अल्डरसटमा बरिष्ठ गायिका मीरा राणा द्वारा भजन प्रस्तुत

३१ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1403


शिव मन्दिर अल्डरसटमा बरिष्ठ गायिका मीरा  राणा द्वारा भजन प्रस्तुत

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। वरिष्ठ गायिका मीरा राणाद्वारा भजन गायनको कार्यक्रम श्रावण मासको अन्तिम सोमवारको अवसर पारेर शिव मन्दिर , शिव कल्चरल एण्ड कम्युनिटि सेन्टर अल्डसटमा सम्पन्न भएको छ।  मन्दिर बिहानबाटै भक्तालुजनको घुइचोले भरिएको थियो। शिवजीको पुजा आराधना श्रावन मासको पहिलो सोमवार देखि ५ सोमवार यस बर्षमा व्रत एवं संकल्प गरि व्रत साङ्गे एवं शिवपार्वतीको बिशेष पुजा गरि भक्तजनहरुले लाभ उठाएका छन।  परिवार जन्य सामेल भएको यस अन्तिम १५ अगस्त २०२२ सोमवारमा दुइ चरण मन्दिर खुलेको र सम्पूर्ण भक्तजनले शिवजीको प्रतिमामा दुध, पानी , फलफुल,पन्चामृत चढाई पुजा गरेका छन्। पूजाविधि पण्डित राम पाण्डे र पुजा सहयोगी भिम लामिछाने गुरुङ्गले गर्नु भएको थियो। दुइ चरणमा दिन भर गरिने पुजा सम्पन्न गर्न स्थानीय र टाढाटाढाबाट भक्तजनहरु आएका थिए। आजको यस पावन दिनमा २०० भन्दा बढि भक्तालुजनहरुले लाभ उठाउनु भयो।  

पुजाको दोस्रो चरणमा शिव मन्त्र ' रुद्रम ' वेद पाठ फार्नबोरो साइ सेन्टरको नेतृत्वमा चार सदस्य मण्डल सुष्मा गुरुङ्गले गर्नु भएको थियो।  अत्यन्त सद्भाव प्रकट गर्न वरिष्ठ गायिका मीरा  राणाद्वारा भजन गायनको कार्यक्रम श्रावण मासको अन्तिम सोमवारको अवसरमा गाउन स्वयंसेवा मन्दिरमा अर्पण गर्न वहाँसंग श्रीमान् उदय जंग राणाले साथ दिनु भएको थियो।

अत्यन्त मन्त्र मुग्ध कोकिल कण्ठ स्वरका धनि सरस्वति माताको आशिर्वादमा भजन मण्डलीमा तबला,हार्मोनियम, डम्फु र सहयोगी गायक गायिकाहरु ५ जना रहनु भएको थियो। यस ऐतिहासिक भजन गायनलाइ पछ्याउदै आरति कार्यक्रम सबै भक्तजनहरुका साथमा पण्डित राम पाण्डेले अगुवा गर्नुहुँदै भक्तालु सदस्यहरुले मयुर, चमर, घण्टा, आरति,शंख र गायन पक्षका गायक गायिका संगीत मण्डललाइ वरिष्ठ गायिका मिरा राणाले मिठो स्वरमा आरती  गायन गर्नु भएको थियो।  

पुजाको अनुशासन अर्थात् विधिवत विधामा भक्तालुजनहरुले अत्यन्त सहयोग दिनु भै कार्यक्रमको शोभा बढाइ दिनु भएको र यस पुण्य दिनको पुजा आराधनामा मन्दिरलाइ आर्थिक,स्वयंसेवा,पुजा फूलप्रसाद,सहयोगमा समेत आगन्तुकहरुको मुख्य भूमिकालाइ अध्यक्ष बाचस्पति रेग्मीले सह्राना गर्नु भएको थियो।

कार्यक्रमको संयोजन उपाध्यक्ष बिक्रम भट्टराईले र कार्यकारिणी कमिटि एवं पेट्रन काउन्सिलका सदस्यहरु र परिवार एवं कटिबद्ध स्वयंसेवकहरुले मनग्गे रुपमा श्रावन महिना भरि गरिएको कुरा बताउनु भयो।  

१९ अगष्ट शुक्रबारका दिन श्रीकृष्ण जन्माष्टमी पुजा शिव मन्दिरमा भव्य आयोजना हुने भएको र २० अगष्ट शनिबारका दिनमा 'लक्ष्य अर्चना' - श्रीकृष्णको मन्त्र जप भक्तालुजन स्वयम् सहभागी भएर गरिने विधि गरिने भएको ट्रष्टी सुष्मा गुरुङ्गले जानकारी दिनु भएको छ।  अन्य जानकारीको निम्ति शिव कल्चरल कम्युनिटि सेन्टरको फेसबुक पेजमामा सदस्यहरुलाई सम्पर्क गरि जानकारी लिन सक्नु हुनेछ।

 

 

Posted by Bikram Bhattarai on Monday, August 15, 2022

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका पुर्व अध्यक्ष एवम पेट्रोन रोहित गुरुड्ग, सचिव हरि भट्टराई,कोषाध्यक्ष निरज शर्मा,सह कोषाध्यक्ष निरज तिवारीका साथै मन्दिर अभियन्ताहरु सुधा गुरुड्ग, रेनु गुरुड्ग,पवित्रा भट्टराई, बिमला भट्राई,अस्मीता शर्मा,बेम थापा, किशोर गुरुड्ग, युवराज खत्री समेत उपस्थित रहेको सो कार्यक्रम भब्य सम्पन्न भयको थियो।

 

 

Posted by शीतलपाटीन्यूज डटकम on Monday, August 15, 2022

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?