Sunday November 27, 2022

वेस्लीहिथ लण्डनमा पीपल ग्रुपले खोल्यो छैठौँ शाखा,उदघाटन भब्य

८ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1245


वेस्लीहिथ लण्डनमा पीपल ग्रुपले खोल्यो छैठौँ शाखा,उदघाटन भब्य

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालीहरुको बाक्लो बसोबास रहेको रस्मुर बरो काउन्सिलको फार्नबोरो नर्थ क्याम्पमा प्रधान कार्यालय रहेको पीपल ग्रुपले बेलायतका विभिन्न ६ वटा शहरमा शाखा विस्तार गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। यही क्रममा पीपल ग्रुपले साउथ इष्ट लण्डनको वेस्लीहिथमा आफ्नो नयाँ शाखा विस्तार गरेको समाचार छ ।

नेपाली व्यवसायीद्वारा संचालित पीपल मोर्गेजेजले आफ्ना छैठौँ शाखाको रुपमा साउथ ईष्ट लण्डन वेस्लीहिथमा शाखा विस्तार गरेर सेवा आरम्भ गरेको हो। ७ वर्ष अगाडी फान्बोरो नर्थक्याम्पबाट सुरु भएको यो व्यवसाय अहिले बेलायतका विभिन्न स्थानमा घर जग्गा सम्बन्धि सेवाको फाइनान्सियल सेवा प्रदान गर्दै आईरहेको छ।

पीपल ग्रुपले मोर्गेजेज,प्रोटेक्सन्स,होम इन्स्योरेन्स,कमर्शियल फाइनन्स, विल्स तथा प्रोपर्टी सेल्स,लेटिङ्गस तथा म्यानेज्मेन्ट लगायतका सेवाहरु प्रदान गर्दै आएको पीपल ग्रुपले आफ्नो बेवसाइटमा प्रष्ट पारेको छ। यो ग्रुपका निर्देसक सुर्य गुरुड्गका अनुसार बेलायती ग्राहकहरुकै माया, सदभावसगैं ग्राहकको सुविधाका लागि नयाँ शाखा वेस्लीहिथ शाखा विस्तार भयको हो। सो शाखा पीपल ग्रुपले हालै औपचारिक उद्घाटन गरेको हो।

शाखा शुभारम्भमा स्थानीय नेपालीहरु समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रम पीपल ग्रुपका Associate director मिलन गुरुङले संचालन गरेको थिए। बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल,पूर्व अध्यक्ष बिजय गुरुङ,राजेश पाठक,सुशील प्रजापति,सचिन श्रेष्ठ,लछुमन गुरुङ,डा सुदर्शन गुरुङ,सुर्य केशी सुरज मास्के लगायतको उपस्थिति रहेको सो कार्यक्रम पीपल ग्रुपका डाइरेक्टर सुर्य गुरुड्ग लगायतले रिबन काटेर उद्घाटन गरिएको थियो।

सबैको मुखमा पीपल मर्गेज लोकप्रिय नामले परिचित यो पीपल ग्रुप वेस्लीहिथ शाखाको प्रमुखमा पल्लवी श्रेष्ठ, केबिन शेन र प्रिती गुरुङले सेवा प्रदान गर्नुहुने भयको छ।

बेलायतको फाईनान्सियल सेक्टरमा लामो अनुभव भएका निर्देशक गुरुङ पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्का निर्देशक पनि हुनुहुन्छ। दुईबटा कम्पनी रहेको पीपल ग्रुपमा ४० जना भन्दा धेरै कर्मचारी कार्यरत रहेको र बेलायतमा संचालित बिभीन्न सामाजीक सेवा प्रदान गर्ने च्यारीटेबल संस्थाहरुलाई कार्यक्रम संचालन गर्न डोनेसन गरेर समाजमा पीपल ग्रुप प्रतिष्ठित पनि रहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?