६ कार्तिक, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। तमुधि युकेको २०२२ को परोपकारी च्यारिटि डिनर नाइट भब्य सम्पन्न भएको समाचार छ। गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु "आदर्श तमु २०२२" अवार्डबाट सम्मानित भएका छन्।
अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा शनिबार आयोजित परोपकारी रात्रिभोज कार्यक्रममा प्रमुख अतिथिमा नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य रहनु भएको थियो। रात्रिभोज कार्यक्रममा प्रमुख अतिथि नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले तमुलाई अवार्ड हस्तान्तरण गरेका थिए।
यस्तै गरि तमु आदर्श अवार्डबाट तमुधिं यूकेका सल्लाहकार एवम चार भन्ज्याङ तमु समाजका पुर्ब अध्यक्ष मेजर कृष्ण गुरुङ,पूर्व खेलकुद सचिव तथा क्वोंने (घोताने/घोण्डे) तमु समाज यूकेका अध्यक्ष क्या. पिताम्बर गुरुङ,बगर भाई खलक युकेका अध्यक्ष, तमुधि युकेका सल्लाहकार तथा गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ र सहारा यूकेकी 'फस्ट लेडी' पन्च गुरुङ पनि सम्मानित भएका छन्।
फोटो-गोर्खामिडीया।