७ कार्तिक, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतबाट विगत साढे दुई दशक भन्दा बढ़ी समय देखि नेपाली भाषा साहित्यको समृद्धि,सिर्जना र संस्थागत संगठन र सेवामा निरन्तर अथक श्रम र सेवा गर्दै आउनु भएका वरिष्ठ साहित्यकार कवि हरिसिंह थापा पदकबाट सुशोभित हुनु भयको छ। उहाँको महत्वपूर्ण योगदानको कदर गर्दै नेपालमा नेपाली भाषा साहित्यिको क्षेत्रमा राष्ट्रीय प्रतिष्ठानको रूपमा नेतृत्व गरिरहेको संस्था नइ प्रकाशनबाट नइ रजत महोत्सव सम्मान पदक पुरस्कारबाट सम्मानित हुनु भएको हो।
नेपाली साहित्य विकास परिषद् युकेमा संस्थापनाकाल सन् १९९५ देखि नै आवद्ध परिषद्का पूर्व अध्यक्ष हरिसिँह थापाले परिषदमा पाँच कार्यकाल सम्म अध्यक्ष भएर नेपाली भाषा साहित्यिकों श्रीबृद्धिको नेतृत्व गर्नु भएको छ। वरिष्ठ साहित्यकार थापाका कथा,कविता,उपन्यास,नियात्रा,गीत,गजल आदि करीब एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन्।
भर्खरै पनि परिषद्ले आयोजना गरेको ११३औँ महाकवि देवकोटा जयन्तीको समारोहमा साहित्यकार कवि थापाका दुई कृति पद्मीनी उपन्यास र थेम्स नदीका नागवेलीहरू कविता सङ्ग्रह समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यबाट विमोचित भएका छन्। वरिष्ठ साहित्यकार थापा नेपाली साहित्य विकास परिषद् युके र नइ प्रकाशन नेपाल लगायत अन्य विभिन्न साहित्यिक संघसंस्थाहरूबाट करीब डेढ दर्जन भन्दा बढी पुरस्कार र पदकहरूबाट पुरस्कृत र सम्मानित भइसक्नु भएको छ।