Saturday January 28, 2023

एनआरएन राज्य समन्वय परिषद इङलैैण्डको दशैं तिहार शुभकामना साँझ भब्य 

८ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1365


एनआरएन राज्य समन्वय परिषद इङलैैण्डको दशैं तिहार शुभकामना साँझ भब्य 

अहिल्या कुँवर,लण्डन।

लण्डन। आज एनआरएनए युुकेको बिषम परिस्थितिमा  अरू एनआरएन भन्दा छुट्टै पहिचान बनाउन् सफल,स्वच्छ छवि राख्ने एनआरएन राज्य समन्वय परिषद इङलैैण्डले स्वस्थ वातावरणमा आफ्ना बर्तमान कार्यसमितीका साथीहरू, ६ वटै काउन्टी काउन्सिलका संयोजकहरु,प्रतिनिधिहरू, सल्लाहकारहरू, प्रेष युनियन युकेका अध्यक्ष बिपीन निरौला,सामजिक अभियन्ता एवम संरक्षकहरु दिपक श्रेष्ठ,ललित न्यौपानेको साथमा अत्यन्तै पृथक खालको दशैं तिहार शुभकामना कार्यक्रम भब्यताका साथ प्लमस्टेड कमैनको Five Rivers Grill and Restaurant मा मनायो।

इङलैण्ड राज्यले गरेका कार्यक्रमहरू अत्यन्तै पृथक खालका र नेपाली समाज भित्र एकदमै संदेशमुलक  पनि हुन्छन,त्यसैले धेरै जसो मानिसहरूले अब कस्ता खालका कार्यक्रमहरू दिन्छन भनेर पर्खिएर बसेका बेलामा भने खादा मालाले स्वागत गर्ने परम्परालाई छिचोल्दै इङलैैण्ड राज्य संमन्य परिषदले प्रेमको प्रतिक पवित्र फूलको थुंगा दिइ पहुना सत्कार गरेको थियो।

एउटा अनौपचारिक रूपमा संचालन भएको शुभकामना कार्यक्रमलाई संस्थाका सचिव राम प्रसाद पन्थीले संचालन गरेका थिए भने उपस्थित सबैले सबैलाई मंचमा गएर शुभकामना आदान-प्रदान गरेका थिए। संस्थाका संरक्षक ललित कुमार न्यैपानेले इंग्लैण्ड राज्यले यस्तो ब्यस्थताको बाबजुत पनि यो कार्यक्रम गर्नु सफलता भएको धन्यवाद साथै यति टांडा टांडाबाट आउनुहुने सम्पूर्ण लागि धन्यवाद तथा दशै तिहारको शुभकामना दिनु भयको थियो। साथै संस्थाका अध्यक्ष लाल बहादुर गुरूङ तथा संरक्षकद्वयले नयाँ बनेको काउंटी काउंसिलका संयोजक अनि पदाधिकारी, सल्लाहकारहरूलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

सल्लाहकार आनन्द धरेलले ESCC एउटा पृथक स्वच्छ रहेर काम गरेकोमा ख़ुशी ब्यक्त गर्दै भबिश्यमा पनि यो क़ायम गर्न शुभकामना दिनु भयको थियो। त्यस्तै सल्लाहकारहरु चूड़ामणि अधिकारी र डा बिष्णु घिमिरेले सफलताको शुभकामना सहित साथ सहयोग गर्ने बताउनु भएको थियो। साथै उहाँहरूलेपनि उपस्थित सबैमा शुभकामना ब्यक्त गर्नु भएको थियो।

शुभकामना दिने क्रममा डोरसेट काउंटी काउंसिलका संयोजक रामराज शर्माले अहिले सम्म डोरसेटमा कुनै एनआरएनएको पहुँच नपुगेको अवस्थामा इंङग्लैण्ड राज्यले काउंटी काउन्सील गठन गरेकोमा धेरै ख़ुशी ब्यक्त गर्दै शुभकामना दिनुभयको थियो। आगामी दिनमा पनि सल्लाह सुझाब र सहयोग गर्ने प्रतिबंधता जनाउनु भयको थियो। संस्था को सह सचिव अन्जु कुँवरले यहाँ उपस्थित सबैले आफु एक्लै यहाँ आउनु भएको नभै आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेर पुरै क्षेत्रलाई नै लिएर आउनु भएको छ भनि शुभकामना दिनुभयो। संस्थाका कोषाध्यक्ष सचिन भट्टराई,प्रवक्ता तथा सदस्य डा.बिशाल गुरूङ,सदस्यहरु बलराम सुबेदी,दिपेन्द्र सिटैलाले पनि उपस्थित सबैमा शुभकामना ब्यक्त गर्नु भएको थियो।

कार्यक्रम स्कटलैण्ड,मिडल्याण्ड,रेडिङ,पिटरब्रो, अल्डरसट,ईस्ट लन्डन,हेज आदिबाट महानुभावको उपस्थित थियो। भखरै नेपालबाट आउनु भएका फ़ोटोग्राफ़र san event ले राम्रो फ़ोटो खिची गित बजाएर सहयोग गर्नुभएको थियो।

कार्यक्रममा पत्रकारहरूको पनि उपस्थित रहेको थियो। प्रेेष युनियन युकेका अध्यक्ष बिपिन निरौलाले कार्यक्रममा शुभकामना दिदै कार्यसमितिलाई धन्यवाद दिनुभयो। कार्यक्रमको अन्तिममा अध्यक्ष लाल बहादुर गुरूले देशबिदेश भर छर्रिएर रहेका सबै नेपालीहरूलाइ शुभकामना दिंदै इङलैण्ड राज्य समन्वय परिषदको पारिवारिक चिनजान सहितको भेटघाट कार्यक्रमको निमन्त्रणलाइ स्विकारेर यहाहरूको गरीमामय उपस्थितीको लागी हार्दिक धन्यबाद एवम अभार ब्यक्त गर्नु भयको थियो। इङलैण्ड राज्य समन्वय परिषदको थुप्रै संदेशमुलक कार्यक्रमहरूबाट इङलैण्डमा मात्र नभएर देशबिदेशमा रहने गैर आवसीय नेपालीहरूको जनमानसमा पनि ध्यान केन्द्रित भएको हुन्छ र बिश्वासको बातवरण बनेको छ। यो सबै प्रयासहरू  कार्यसमितीका साथीहरूको ठुलो परिश्रम र मेहनतले बनेको छ। त्यसैले हामीहरू इमान्दार पुर्बक हामी हाम्रो कर्म गर्न आग्रह गर्दै सबै सामजिक अभियान्ता एवम सुभचिन्तक सबै साथीहरूहरू प्रती हार्दिक अभार ब्यक्त  गरीयो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?