१२ कार्तिक, २०७९
साहित्यिक विधा।
#इन्द्रेणीका_लघु_कथा
'आखिरी आफ्नो औकात देखाएर छाड्यौ होइन? युवाहरुको सहभागिता विना समाजका कुनै कार्यक्रम पूरा हुँदैनन् भन्ने जान्दा जान्दै पनि तिनै पुराना नेताहरुलाई अगाडि ल्यायौ होइन?'
सागर लम्सालले आक्रोश पोखे-
"चुप लाग केटाहरु हो ! दुई चार स्वतन्त्र र जुझारू मेयर देखेर होला . फूर्ति नदेखाउ । हामीले जेलनेल र ठूलो सङ्घर्ष गरेर ल्याएको यो गणतन्त्र विभिन्न पार्टीहरूको योगदान छ तिमीहरू त गर्भैमा सीमित थियौं बुझ्यौं? यो चुनाव यी पुराना नेताहरुको लागि यो नै अन्तिम अग्नि परिक्षा हुनेछ। यदि यिनीहरू फेरि बौलाए भने म पनि तिमीहरूको साथ हात र प्राण दिनेछु। नेपाली राजनीतिको लागि हामीले के गरेनौ?" यसरी दामोदर शर्माले कुर्लिए।
काफलबोटे निवासी जगतजंग निस्वार्थ रूपले धेरै सामाजिक आर्थिक राजनैतिक याेगदान दिएका थिए । सबैले चिन्थे युवाहरुको ढुकढुकी थिए।परन्तु हरेक वर्ष उनलाई विभिन्न दलले आशा भरोशा देखाए उनको ट्यालेन्ट हुँदा हुँदै पनि आर्थिक अभावका कारण चुनाव महंगो हुदै गएको थियो जता जता मखु उतै पल्कु मतदाता भएर नै यस्तो भएको थियो। पाखण्डी नेताहरुले अनेकौँ टिक्डम जालझेल र षडयन्त्र गरि सवैलाई किनारा बनाउँथे। अहिले जनमबैरी भएका दलहरु आपसमा घाँटी जोडिएको छम। पुराना धेरैं रहस्य थिए सवै हुँडार रूप लुकाएर तालमेल गरेका छन्। यी सबैको बुढा गोरुको पारा छ समयको कोरेली गाई तन्नेरी बहरको खोजीमा हुन्थी। नजिक पर्न दिँदैनथे।
जगत जंगको मनमा यस्तै कुराहरू खेल्थे। जगत जंग नै अहिले तन्नेरी हरुकोलागि चुनावी अभियान उभिँदा पुराना दलको हंस र अंश गुम्दै थियो। उनकाे यो चुनावी अभियान पुराना लाई मन नपर्नु स्वाभाविकै थियो।
" हे जगत बाबू क्या हो हामी तिमीलाइ उठाउने अठोट गरेका छौं किन बागी बनाउन पुगेका हौ। यत्ति धेरै तिम्रो लगानी हामीले भुल्न सक्दैनौ "" स्वरूप प्रसादले सम्झाउँदै थिए। फकाउँदै थिए उनी स्वयम् उम्मेदवार बनेर आउँदै थिए भन्ने सुनिन्थ्यो।
"यो सालको चुनावी अभियानले अहिलेका बेलायतको चर्चित युवा नेता एबम प्र म जस्तै खोजेको छ। पुरानाको पारा नेपाली जनताले पटक पटक देखि सकेका थिए।हद भन्दा बढी भै सकेको थियो। फुट्न बाँकी थियो। शायद अब तामाको गाग्री नै चाहिएको छ
जुन पटक पटक बनाउन सकियोस्। माझ्न सकियोस्।
सावधान! म लड्नु छैन तिमीहरूले पटक पटक लडाएको भुलेको छैन् जगत दाईं लाई मैले।
देशले श्रीलंका भोग्नु नपरोस भन्ने आवाज सुनिएको छ र मेरो गुनासो पनि यही हो जङ्गिदै भगतले भने।
हातमा चुनावी पोष्टर पम्पलेट बोकेर गाउँ तिर लागे जगत जंग र भगत सँगै निस्किए वास्तवमा कुरा यही थियो।
दुबैले मिलेर बनेको योजना साकार हुँदै थियो।
इन्द्रेणी शर्मा जलद
देवचुली नवलपुर नेपाल
बेलायत कोभेन्ट्री
२९/१०/२०२२