Saturday January 28, 2023

पुस्तक बिक्रीबाट आएको पैसा मानवीय सेवामा लगाउने डा.कैनीको घोषणा

१३ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1314


पुस्तक बिक्रीबाट आएको पैसा मानवीय सेवामा लगाउने डा.कैनीको घोषणा

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रा डा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् । हालैमात्र डा. कैनीका ‘अदृश्य मनका सादृश्यहरू’ (निबन्धसंग्रह),'सीमाहीन सीमा’, ‘रंगको पहिचान’ (कवितासंग्रह),‘भिसागर्ल’ (कथासंग्रह) र ‘प्रतिबिम्ब’ (गजलसंग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो। वरिष्ठ साहित्यकार प्रा डाअभि सुवेदी लगायतका विशिष्ट व्यक्तिहरूले पाँच वटा पुस्तकको एकसाथ विमोचन गरेका थिए। 

 

ती कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना,नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने डा. कैनीले घोषणा गरेका हुन्। उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरेका छन।

केन्द्रीय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडकआश्रित) मानवहरुहरूको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताइन्। 

 

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा,अशक्त,असहाय,अनाथ, अभिभावक विहीन,मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवहरूको उद्धार,उपचार एवं परामर्श गर्दै आइरहेको छ। आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ । 

(लोकान्तर डटकम)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?