१३ कार्तिक, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका पवित्र गुरुङ ‘द भ्वइस अफ नेपाल सिजन ४, २०२२’ को नकआउट राउण्डमा प्रवेश गरेकी छिन। शनिबारको एपिसोड १६ (द ब्याटल) बाट नकआउट राउण्डमा प्रवेश गरेकी हुन् ।
टिम राजु लामाबाट भएको ब्याटल पवित्र गुरुङ र विश्व शान्ताबहादुर राई बीच भएको थियो। निर्णायकमा रहेका गायक प्रमोद खरेल,राजेशपायल राई र प्रविशा अधिकारीले दुवैको प्रस्तुति राम्रो रहेको बताएका थिए।
उक्त ब्याटलबाट राजुलाई दुईमध्ये एक छान्न हम्मेहम्मे परेको थियो । अन्तिममा उनले पवित्रलाई नकआउटमा अगाडि बढाएका हुन्।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका स्थित गोल्फु भञ्ज्याङको गुरुङ गाउँमा जन्मिएकी गायिका गुरुङ अचेल काठमाडौंं चाबहिलमा बस्छिन्। उनी छोटो समय मैै दर्शकको मनमुटुमा बस्न सफल भएकी गायिका हुन्।
श्रोत-गोर्खा मिडीया।