Saturday January 28, 2023

सामाजिक अभियंता राधा पौडेलको "मरियम मान्छे भई"उपन्यास बजारमा

२० कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1316


सामाजिक अभियंता राधा पौडेलको "मरियम मान्छे भई"उपन्यास बजारमा

सुधा गुरुङ्ग,

काठ्मान्डौ।

मदन पुरस्कार बिजयी लेखक एवम मर्यादित महिनावारी सामाजिक अभियंता राधा पौडेलको हालै अर्को पुस्तक (किशोर उपन्यास) "मरियम मान्छे भई" सांग्रीला प्रकाशनले बजारमा ल्याएको छ। नेपालमा मात्रै नभएर बिश्वमै मर्यादित महिनावारी बारे अभियान चलाउने साथै सो बारे पुस्तक लेख्ने पनि राधा नै पहिलो ब्यक्ती हुन।

उनका अनुसार - हालै बजारमा आएको उनको किशोर उपन्यास मरियम मान्छे भई एक मुस्लिम यूवतीको कथा हो। निम्न मध्यम बर्गीय नेपाली समाजमा छोरीहरुले गर्नुपर्ने संघर्ष, भोग्नुपर्ने पीडा उपन्यासको मूल बिषय रहेको छ। मासिक रजस्वलाका कारण उसले नियमित रुपमा खुम्चनुपरेको कथाको पेटारो हो यो किताब! साथै प्रकृतीले पुरुष भन्दा भिन्न बनाईदिएका कारण मान्छे हुन नपाएको बृतान्त पनि हो! यहाँ मरियमको ब्यथा मात्रै पनि छैन, मान्छे बन्नका लागि उसले गरेका बिद्रोहको फेहरिस्त पनि छ। समयमा मरियम मान्छे बन्न सकेको कथा पनि हो यो। सो पुस्तकको बारेमा राधा भन्छिन - "मरियम मात्रै हैन,तपाईं हाम्रा पुस्ता-दरपुस्तालाई मान्छे भएर बांच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल साबित हुने अपेक्षा गरेको छु।"

नेपालमा किशोर लक्षित पठन सामाग्री अत्यन्त कम रहेको छ! किशोरवयका पाठकबर्गलाई लक्षित गरि उनीहरुकै मनोभावनामा आधारीत पुस्तक प्रकाशन गर्ने लक्ष्य अनुरुप यो पुस्तक प्रकाशन गरिएको कुरो उनले बताईन। यस अघि सांग्रीला बुक प्रकाशनबाटै राधा पौडेलको बाल्यकालिन संस्मरण "रोल नं १" र अंग्रेजी भाषामा प्रकाशीत DIGNIFIED MANOPAUSE को अनुदित पुस्तक "सर्जिकल रजनोबृत्ती" पनि प्रकाशीत भैसकेको छ। सो को अलावा उनको "मर्यादित महिनावारी सबैको जिम्मेवारी" नामक हाते पुस्तक, नितान्त महिनावारी बारे "अपवित्र रगत", "शान्तीका पाईलाहरु" -कविता संग्रह प्रकाशीत भैसकेका छन।

त्यस्तै  नेपालयद्वारा प्रकाशीत उनको पहिलो कृती "खलंगामा हमला" ले 2014 को मदन पुरस्कार प्राप्त गरेको थियो! सो पुस्तक नेपाली र अंग्रेजी (JUMLA - A NURSE'S STORY) मा अनलाईन पनि उपलब्ध छ भने जर्मन भाषामा समेत अनुवाद भैरहेको छ। 

 

उनी राधा पौडेल फाउन्डेशन र Global South Coalition For Dignified Menstruation ( दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजांल) को संस्थापक अध्यक्ष हुन। बिगत ३ दशकदेखि उनले Radha paudel Foundation मार्फत नेपालका दूर दराजका अनकन्टार गाऊं,तराई,पहाडदेखी शहर बजारसम्म महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम गरेकी छन। उनी रातदिन हाम्रो समाज र देशमा महिलाहरुले महिनावारी बिभेदका कारण भोग्नु परिरहेका पीडा र बिबिध समस्याहरुको निदानका लागि अनवरत लागीरहेकी छन! उनकै पहलमा २०१७ मा नेपाल सरकारले महिनावारी भएका बेला कसैल कुनै प्रकारको विभेद, हेला, होचों गरेमा कानूनी सजायको प्रावधान पनि तोकेको छ। 

नेपालमा मात्रै नभएर उनी संसांरभरका विश्व बिद्द्यालयहरुमा मर्यादित महिनावारी र मर्यादित रजनोबृत्तीबारे प्राध्यापन गराईरहेकी हुन्छिन! उनले

करिब ६० जिल्ला, दर्जन भन्दा बढी देश भ्रमण, दर्जनौ विश्व बिद्यालयहरुमा गेस्ट लेक्चरर र उनकै अगुवाईमा झन्डै ५० वटा देशमा ४औं अन्तरास्ट्रिय मर्यादित महिनावारी दिबस मनाईदैछ। कोरोना संक्रमणकालले सहज र अत्यन्त सुलभ बनाईदिएको #zoom को माध्यमबाट उनले सो बिषयमा ज्ञानको ज्योती संसारभर छरिरहेकी छन।

 

उनी भन्छिन - मर्यादित महिनावारी र रजनोबृत्ती हाम्रो जीवनको अत्यन्त महत्वपूर्ण बिषय हुन तर यसबारे कहिल्यै खुलेर कसैले कुरै गरेनन...त्यसैले आउनोस अब हरेक घर परिवारमा यसबारे खुलेर कुरा गरौ...महिनावारीको रगत नितान्त शुद्ध रगत भएकाले सो भएका बेला छोरीहरु अपवित्र हुन्छन भन्ने रुढीवादी संस्कार र भ्रमबाट मूक्त होऔ। महिनावारी हुनु महिलाको एक सामान्य शारीरिक प्रकृया हो। जसरी किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरुको जुंगाको रेखी बस्नु, आवाज घोर्लिनुलाई गर्वको रुपमा  परिवार र समाजले सहज स्वीकार्छ, त्यसै गरि छोरी महिनावारी हुनुलाई उनको संपूर्णताको प्रतिकको रुपमा सेलिब्रेट गरौ.... न कि उनलाई अछुत झै व्यवहार गरि अलग राखौं।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?