Saturday January 28, 2023

चर्चित गायक राजेशपायल राईको सांगीतिक कार्यक्रममा जनसागर उर्लियो

२८ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1566


चर्चित गायक राजेशपायल राईको सांगीतिक कार्यक्रममा जनसागर उर्लियो

शीतलपाटीन्युज डटकम।

लन्डन। राई ईज किङ्गले परिचित चर्चित गायक राजेश पायल राईको बेलायतमा शनिवार भयको सांगीतिक साँझ कार्यक्रममा जनसागर उर्लियो। गायक राईले गीत गाएर दर्शक तताएका थिए। अल्डरसटको एम्पाएर हलमा दुई दर्जन भन्दा बढी गीत गाएर राईले बेलायतको चिसो मौसममा उपस्थित भएका दर्शकहरुलाई नेपाली साङ्गीतिक छेत्रको प्रस्तुतिबाट मन्त्रमुग्ध बनाएका थिए।

नेपालीहरुको राजधानी मानिने र नेपालीहरुको जनघनत्व रहेको अल्डरसटमा नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित सांगीतिक साँझमा गायक राईले स्टेजबाट “तिमिले दिएको मायोको चिनो” भन्ने गीत गाउँदा ठूलो सख्यामा रहेका दर्शकले हुटिङ गरि माहौल गुन्जयमान भएको थियो। 

सो अवसरमा गायक राईले “मैले मायाले दिएको चिनो,फाल्यो की राख्या छौ,म त मर्छु कि क्या हो ठुली, देम सारो,दर्शन नमस्ते,मलाई जुनि जुनि जुनि,तिम्रो हुने मन छ,फेरी फेरी फेरी,नाई नभन्नु ल"भन्ने गीत प्रस्तुत गर्दा सांगीतिक साँझको माहौल दर्शकहरुद्वारा जुरुक्कै उचालिएको थियो। 

किरात राई यायोक्खा बेलायतको आयोजनामा सम्पन्न  सो कार्यक्रममा किरात संस्कार संस्कृतिसंग जोडिएका गीतहरु पनि गाईएको थियो। हल वरपर नेपालमय भयको सो सांगीतिक साँझमा किशोरकिशोरी,युवा र बाबाआमाहरुको पनि बक्लो उपस्थित भै हल खचाखच भरिएको थियो।

गायक राईलाई दर्शक दिर्घामा रहेका दर्शकहरुले पनि गीतको सार मिलाएर नाँच्दै मनोरञ्जन भब्य बनाएर कार्यक्रम सफल बनाएका थिए।

फोटो-मीलन तमु।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?