३० कार्तिक, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं गुरुङ चलचित्रका निर्देशक,नायिका जसु गुरुङ र नायक डिबी गुरुङ बेलायत आइपुगेका छन्। घान्द्रुकको दोस्रो चलचित्र शिरसुबाको रेडिङमा प्रदर्शनका लागि चलचित्रका कलकार गुरुङद्वय मंगलबार लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएको हो। शिरसुबा यही १९ नोभेम्बर शनिबार रेडिङमा दिउँसो २ बजे प्रदर्शन सुरु हुने आयोजकले जनाएका छन ।
नायक र नायिका गुरुङद्वयलाई स्वागत गर्न चलचित्र निर्माता बिमल गुरुङ,तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ,एनआरएनए इंल्यान्ड राज्य परिषद अध्यक्ष एलबिजेड गुरुङ र युवा समाजसेवी बिशाल गुरुङ विमानस्थलमा पुुगेका थिए।
डीबी प्रोडक्सन म्यानेजर हुन् भने पहिलो चलचित्र 'भ्रे'का नृत्य निर्देशक जसु स्टार स्टुडियो नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक,स्टार फाउन्डेशन नेपालका अध्यक्ष तथा वरिष्ठ कोरियोग्राफर हुन्।
उनले गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) का द्वितीय उपाध्यक्ष,गुरुङ फिल्म एशोसिएसन (जिफान) कास्कीका पूर्वअध्यक्षको भूमिका समेत निर्वाह गरिसकेकी छन्। शिरसुबा चलचित्र स्वीन्डन, अल्डरसट, योर्क र प्लमस्टिडमा भब्य प्रदर्शन भइसकेको छ।
( श्रोत- गोर्खामिडीया।)