३ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौँ। डा.कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म "ह्यारी कि प्यारी"को फर्स्ट लुक पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र आउदो २० माघ २०७९ बाट सार्वजनिक प्रदर्शन हुने भयको छ।
चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकामा छन्। चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल,लक्ष्मी गिरी,सुवास गजुरेल,नरेश पौडेल,रञ्जना भट्टराई,समिक्षा पौडेल, रमेश अधिकारी,डिल्लीराम खनाल लगायतका कलाकारले यसमा अभिनय गरेका छन्। केही अन्य सरप्राइज समेत रहेको निर्देशक रिजालले जानकारी गराएका छन।
डा.कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको चलचित्रमा कथा निर्देशक डा.कपिल रिजाल,पटकथा र संवाद सुदीप बराल,गिरीराज घिमिरे,डा.कपिल रिजाल र अभिमन्यू निरवी,गीत डा.भोला रिजालको रहेको छ।
त्यस्तैगरि संगीत शिखर सन्तोष र युग भुषाल,गायन सपनकुमार राई,सौभर दास,थोम्सन एन्ड्रयुज,मीना निरौला र देवाञ्जली जोशी,कोरियाग्राफी कविराज गहतराज,छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहेको समाचारमा बताईएको छ।