१० मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङ बेलायत आइपुगेका छन्। गुरुङ २५ नोभेम्बर २०२२ बेलुका बेलायत आइपुगेका हुन् ।
गुरुङ चलचित्र ‘नुमा’का निर्माता ओमेन्द्र गुरुङ र श्रीप्रसाद गुरुङको निमन्त्रणामा प्रितम पहिलो पटक बेलायत आएका हुन्। नायक गुरुङलाई स्वागत गर्न तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ,गीतकार एकेन्द्र गुरुङ,उपाध्यक्ष जुम काजी गुरुङ,चलचित्र निर्माता ओमेन्द्र गुरुङ,चारघारेकी चेली गुड्डु गुरुङ, ब्रिटिस गोर्खा नेप्लिज एशोसिएसनका अध्यक्ष सन्त गुरुङ हिथ्रो विमानस्थल पुगे स्वागत गरेका थिए ।
नायक गुरुङ २७ नोभेम्बर २०२२ आइतबार गुरुङ चलचित्र ‘नुमा’ प्रदर्शनका लागि बेलायत आएका हुन्। प्रितम गुरुङ नायकमात्र नभएर गुरुङ चलचित्रका लेखक,निर्देशक र निर्माता समेत हुन्।
चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको निर्माता ओमेन्द्र गुरुङले जानकारी दिनु भयको छ।
श्रोत-गोर्खामिडिया।