Saturday January 28, 2023

शासनमा धेरै लोभ गर्दा जनताले लखेट्लान- कांग्रेस नेता आर  के त्रिपाठी

१९ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1215


शासनमा धेरै लोभ गर्दा जनताले लखेट्लान- कांग्रेस नेता आर  के त्रिपाठी

शीतलपाटीन्युज डटकम।

जिम्वाबेका रोवर्ट मुगाबे ले ४० बर्ष प्रधानमन्त्री र राष्ट्रपति भई शासन गरे तर अन्तत लखेटिए। मलेशियामा महाथिरले २० वर्ष शाषन गरि राम्रै गरे तर ९७ बर्षमा पनि लोभले नछोड्‌दा संसदिय चुनाब हारे। उनको पार्टी पनि नराम्ररी पराजय भयो। 

त्यसै गरि श्रीलंकामा राजपक्ष परिवारले प्रजातन्त्रको नामबाट २० बर्ष शाषन गरे तर राजपक्ष परिवार पनि लखेटिए। इजिप्टमा होस्नी मुबारकले  ४० बर्ष शाषन गरे तर मुबारक पनि लखेटिए। रसियामा भ्याल्दामीर पुटिनले २२ बर्ष देखि शाषन गरिरहेछन्  तर प्रत्येक दिन असफल भइरहेछन् र केहि वर्षमा लखेटिने नै हुन्। 

यस्ता उदाहरण अरु प्रसस्त दिन सकिन्छ। प्रजातन्त्रको परिपाटीको नामबाट होस वा अन्य व्यवस्थाको नामबाट होस,देशको शाषनमा लामो समय लिप्त हुँदा वा लोभ गर्दा अन्तत असफल भई लखेटिने अवस्था सिर्जना हुन्छ। शासनमा धेरै लोभ गर्दा एक दिन लखेटिने कुरा अवश्यंभावी छ। 

संसारका धेरै राजनेता,जसले शासनमा लामो शाषन नगर्दा वा लोभ नगर्दा वा लिप्त नहुँदा पुजियका उदाहरण धेरै छन्। नेल्सन मन्डेलाले जनप्रियताको उचाइमा पुगी एकपल्ट राष्ट्रपति भएपछि अर्को कार्यकाल चाहेनन्। यसले गर्दा उनको इज्जत विश्वव्यापी रूपमा झन् बढ्यो। यदि उनी सत्तालिप्सामा लागेका भए यो सम्मान सधैंका लागि रहने थिएन।

यही उदाहरणमा भोटाङका राजा जिग्मे सिंगे वाङचुकलाई पनि लिन सकिन्छ। निरंकुश राजतन्त्र भएको देशमा आफू आजीवन राजा हुने सम्भावना रहे पनि उनी ५४ वर्षको उमेरमा छोरालाई गद्दी सुम्पिएर साधनामा लागे। 

महात्मा गान्धीले चाहेका भए आफैं राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्थे। नेपालमा पनि गणेशमान सिंहले राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि आफ्ना कठिनाइ सुनाउँदै कृष्णप्रसाद भट्टराईको नाउँ सिफारिस गरे। आज पश्चिमेली देशका धेरै नेताहरू आफ्ना दलले चुनाव हारे या आफैंले लिएको निर्णय जनताले नरुचाए सहज रूपमा सत्ता वा दलको नेताबाट अलग भएका प्रमाणहरू पाइन्छन् । 

राहुल गान्धीले आफ्नो दलले निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि दलको अध्यक्षबाट राजीनामा गरे तर उनी आज भारतीय कांग्रेस  लाई जगाउन भारत यात्रामा लागेका छन् ।  

ताइवानकी राष्ट्रपतिले आफ्ना उम्मेदवारले चुनाव हारेकाले कार्यकारी राष्ट्रपति जस्तो शक्तिशाली पदबाट राजीनामा दिने घोषणा गरिन्। तसर्थ यो अवस्थामा इतिहाँसको यो यथार्थ पुःन सबैलाई सम्झाएँ। रामले किष्किन्धा जिते। सुग्रीवले रामलाई नै राजा बन्न आग्रह गरे। राम मानेनन्। मित्र सुग्रीवलाई नै राजा बनाए। रामले लंका जिते। विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे। लक्ष्मणले त जोड नै गरे। तर राम मानेनन्। विभीषणलाई राजा बनाए।

हिन्दुस्थानमा सन् १९४७ अगष्ट १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे। गान्धी मानेनन्। जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए।

टाढा टाढाको उदाहरण दिनु तिर लाग्दा आफ्नै देशका महान व्यक्तित्व हाम्रा श्रद्धेय नेता गणेशमान सिंहले पनि राजा बीरेन्द्रले प्रधानमन्त्री पदको अफर गर्नु भएकोमा अस्विकार गर्दै कृष्ण प्रसाद भट्टराईको नाम सिफारिस गरेको ऐतिहासिक तथ्य पुनर्ताजगी गराउन चाहन्छु। राजनिती भनेको जसरी पनि पद प्राप्ती गर्नु र सत्तामा पुग्नु मात्र होइन।नेपालका राजनितिज्ञ नेताहरुले यो कुरा गहिरो संग मनन गरुन।

आर के त्रिपाठी

लण्डन बाट



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?