Saturday January 28, 2023

पोखरा म्याराथन,धरान रन र नेपाल रन यूकेले यूवाहरुलाई खेलकुदमा जोड्न सहकार्य गर्ने

२० मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1232


पोखरा म्याराथन,धरान रन र नेपाल रन यूकेले यूवाहरुलाई खेलकुदमा जोड्न सहकार्य गर्ने

शीतलपाटीन्युज डटकम।

पोखरा। पोखरा म्याराथन,धरान रन र नेपाल रन यूकेले यूवाहरुलाई खेलकुदमा जोड्न संयूक्त रुपमा सहकार्य गर्ने जनाएका छन् ।

तिन संस्थाहरुको संयूक्त जुम बैठकले उक्त पहल गर्ने जनाउँदै यूवाहरुमा दौड संस्कृतीको विकासका लागि समेत  सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरेका हुन् । बैठकमा आफ्ना धारणा राख्दै नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले दौडको आयोजना तथा विकासका लागि अघि बढेका तिन संस्थाहरुको संयूक्त बैठकले नयाँ सन्देश दिने बताए । तिन संस्था विचको संस्थागत विकास गरेमा अझै वढि प्रभावकारी हुन सक्ने उनको भनाई थियो।

मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले तिन संस्था विचको सहकार्यले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नै दौड संस्कृतीको विकासका लागि नयाँ उभार आउने उल्लेख गरे। उनले खेलकुद मार्फत समाजलाई जोड्न अपरिहार्य रहने कुरामा जोड दिंदै यूवा पुस्तालाई खेलकुदमा जोड्न म्याराथन वा दौड प्रतियोगिताहरु सहज हुने बताए।

नेपाल रनका संस्थापक तथा पोखरेली मञ्च युकेका निवर्तमान अधयक्ष मान प्रसाद गुरुङले यूकेमा रहेका नेपाली यूवा पिढींलाई जोड्न दौड प्रतियोगिताहरु प्रभावकारी हुने कुरामा जोड दिंदै दौड संस्कृतिको विकास गरे खेलकुद संगै स्वस्थ्य जिवनको आधार स्थापित गर्न समेत सहज हुने बताए।

बैठकमा आफ्ना भनाई राख्दै नेपाल रन यूकेका अध्यक्ष तथा धरान रनका परिकल्पनाकार सन्तोष राईले यूवाहरुलाई खेलकुदमा आकर्षण बढाउनका लागि नै दौड कार्यक्रमहरु महत्वपूर्ण रहेको बताउँदै मतृभूमी संग यूवा पूस्तालाई जोड्न खेलकुदले भूमिका खेल्ने बताए। उनले यूवा पुस्तालाई असल संस्कारको विकास संगै नयाँ अनुभुती दिन पनि खेलकुदले अहम भूमिका खेल्ने औंल्याए।

सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, नेपाल रन यूकेका सल्लाहकार आत्माराम दाहाल, मञ्चका महासचिव कृष्ण तिमिलिसना, नेपाल रन यूके कार्यसमितिका सदस्य रविन्द्र अधिकारी, सदस्य तथा धावक पाण्डव महतोलगायतले दौड संस्कृतिको रुपमा नेपाल रन यूके, पोखरा म्याराथन र धरान रनलाई एक शुत्रमा बाँध्ने संगै आगामी दिनमा तिनै संस्थाहरु विचको सम्वन्धलाई अझै कसिलो बनाउन सहकार्य गर्दै अघि बढ्नु पर्ने  बताए।

साभार-पोखरा स्पोर्टस।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?