११ माघ, २०७९
शीतलपाटीन्युज डटकम।
स्याङ्जा,नेपाल । बल्कान गोल्ड कपको आठै सस्करण माघको ७ गतेबाट सन्चालित खेल यहि माघ १० गते गन्डकी प्रदेस सरकारका मन्त्री सीता सुन्दासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। २२ टिमको सहभागिता रहेको सो खेल निकै कडा प्रतिस्पर्धाका साथ मनोरन्जन दिदै सम्पन्न भयको थियो। स्वास्थ्यको लागि खेल्कुद भन्ने मुख्य नारा सहित सन्चालित सो खेल स्याङ्जा जिल्लाको निकै उत्कृष्ट क्लब चिरुवा A ले आफ्नो उपाधी पोल्टामा पारेको थियो।
सो कार्यक्रममा पुतलीबजार २ का वडा अध्यक्ष,गाउँ प्रतिस्ठान अध्यक्ष याम राज गुरुङ,महासचिव बिर्सिङ गुरुङ,सचिब रबि बिक,कोषाध्यक्ष थकाली गुरूंग, खेलकुद संयोजक मनोज थापा कालुले कार्यक्रम सन्चालन गरेका थिए। यु के बाट पाल्नुहुने बल्कान परिवारका सदस्य गोकुल गुरुङले रेफ्रीलांई फुट्बल हस्तान्तरण गरेर खेल सुरु भएको थियो। अन्य अतिथीहरुमा जय बहादुर गुरुङ,बेलायतबाट पाल्नुहुने राङ्भाङ समाज युकेका सस्थापक अध्यक्ष राज बहादुर गुरुङ रहनु भएको थियो। स्याङ्जा समाज युकेका अध्यक्ष बरिस्ठ समाजसेबि सहारा युकेका एफ सि चेयरमेन बल्कान परिवारका मुख्य सदस्य सारदा गुरुङको परिकल्पनामा आठ बर्ष पहिला सो खेलको स्थापना भएको थियो।
बिगत आठ बर्स देखि यो खेलको मुख्य प्रायोजक बल्कान परीवारले गर्दै आईरहेको छ भने-दोस्रो पुरस्कार बल्कान परिवार अन्तर्गत कल्सेदी परिवारले गर्दै आएको छ। अझमबरी रेफ्रीको ज़िम्मा कोल्मा बहाकोट समाज युकेका संस्थापक अध्यक्ष क्याप्टेन रिटायर्ड भिम बहादुर गुरूंग (बरहथान) ले संहाल्नु भएको छ। बरिस्ठ समाजसेबि तथा बल्कान परिवारका प्रमुख सदस्य ९२ बषिेया मुखिया जिमल बुवा आदरणीय मेख बहादुर गुरुङले पुरस्कार बितरण गर्नु भएको थियो। बल्कान परिवारका अन्य सदस्यहरुमा टोल अध्यक्ष वीर बहादुर गुरुङ,भिम प्रसाद गुरुङ,नरमाया गुरुङ,गोकुल गुरुङ लगायत र गाऊँ प्रतिष्ठानका अध्यक्ष यामराज गुरूंगले पनि पुरस्कार बितरणमा सहभागिता जनाउनु भएको थियो।
अन्तमा समाजलांई अमुल्य समय र सहयोग गरिदिनु हुने सम्पुणं दर्शक शुभचिंतकहरूलांई बिशेष धन्यबाद दिदै बल्कान परीवारका बिशिस्ठ सदस्य तथा टोल अध्यक्ष बिर बहादुर गुरूंगले समापन गर्नु भएको थियो। युकेबाट पाल्नु भएको राङभाङ समाजका सस्थापक अध्यक्ष राज बहादुर गुरुङ सगै गोकुल गुरुङले पनि आफ्ना महत्त्वपूर्ण भनाइहरु राख्दै सबैलाई सुभकामना ब्यक्त गर्नु भएको थियो।
(कान्तिपुरपाटी न्युजबाट)