Sunday April 02, 2023

लन्डन सदर्क काउन्सीलका मेयर सुनिल चोप्रा पोखरामा रोयल ट्रेकमा

१३ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1208


लन्डन सदर्क काउन्सीलका मेयर सुनिल चोप्रा पोखरामा रोयल ट्रेकमा

शीतलपाटीन्युज डटकम। 

पोखरा। ब्रिटिसको लन्डन सदर्क काउन्सिलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सक्ने बताएका छन्। पोखरा महानगरपालिका वडा नं.२६ बाट प्रारम्भ हुने रोयल ट्रेकको बिहीबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने उल्लेख गर्दै पर्यटनका क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे।

पत्नी भर्षासहित पोखरा भ्रमणमा आएका मेयर चोप्राले बिट्रिसका तत्कालीन युवराज चाल्र्सले समय बिताएको पोखरा २६ को सिलिंगे ट्राइगर ट्रिमा स्थानीय जनप्रतिनिधिसँग यस क्षेत्रको विकासको सम्भावनाका बारेमा छलफलसमेत गरेका थिए। मेयर चोप्राले रोयल ट्रेकमा झण्डै १ किलोमिटर पैदलयात्रा गरेका छन्।

पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण,रोयल ट्रेकको विकास एवं बिट्रिसका राजा चाल्र्स थर्डलाई पुन एक पटक नेपाल भ्रमणको वातावरण मिलाईदिन आग्रह गरे। अध्यक्ष थापाले सदर्क नगर र पोखरा महानगर पालिकाको बीचमा भगिनी संवन्ध स्थापना गरी कला र संस्कृतिको आदानप्रदान गर्न सकिने बताए।

मेयर चोप्राको भ्रमणका लागि पूर्व पर्यटनदूत एवं एभरेस्ट इन युके अध्यक्ष पशुपति भण्डारीले सहजीकरण गरेका हुन्। मेयर चोप्रालाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा नं. १३ का अध्यक्ष किरण बराल,वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी,वडा नं.२६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई,तीर्थबहादुर राजभाट,सुजता बराल सुनार,सुदीपराज ढुंगाना,लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा,स्थानीय हरि अधिकारी,चन्द्रबहादुर रानाभाट,शिवबहादुर रानाभाट, चिनिया थापा,डम्बरबहादुर थापा,मदन बस्नेत लगायतले स्वागत गरेका थिए ।

(समाधान न्युजबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?