१८ माघ, २०७९
खगेन्द्र पाठक।
लण्डन। राष्ट्रको अस्तित्व बचाउन संसारभरी छरिएर रहेका बंशज नेपाली भूमिपतिलाई नेपाली नागरिकता ऐन २०७९ संशोधन बन्धकमा २०६३ को दफा १० को संशोधन प्रस्तावमा भाग लिन जोडदार आव्हान गरि एको छ।
बिश्वमा छरिएर रहेका नेपालीहरुको हालसालै राष्ट्रपति समक्ष पेश गरेको २०७९ मा बिदेशमा बस्ने नेपालीहरुको बंशजको नेपाली नागरिकताको सम्बन्धमा कुनै सम्बोधन नभयको कुरा नेपाल नागरिकता ऐन ३०६३ को दफा १० सम्बन्धमा कुनै संशोधन नगरिदिएको हो। तर त्यसमा २०७२ को धारा १४ को ब्यवस्था गर्ने सम्बन्धमा मात्रै कार्यविधि राखियको हुनाले जो अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभयको कागजी खोस्टो वा कार्ड मात्र भयको त्यस्तो बंशज नेपाली नागरिकताको निरन्तरता सम्बन्धी कुनै सम्बन्ध छैन। जो एक पुस्ताको कार्ड मात्रै हो र जसको पुन प्राप्तिको ब्यवस्था पनि छैन र राज्य बिहिन बनाउने अवस्था छ।
अब प्रस्तुत हुने नेपाल नागरिकता ऐन संशोधन प्रस्ताव २०७९ मा नेपाल नागरिकता ऐन २०६३ को दफा १० मा कुनै पनि नेपालीले स्वईच्छाले बिदेशी नागरिकता प्राप्त गरेमा निजले आफ्नो बंशजको नागरिकता स्वईच्छाले नत्यागेसम्म निजको बंशजको नेपाली नागरीकता अछुण कालसम्म रही रहने छ। तर बिदेशमा बसेको हैसियतले राजनीतिक अधिकार बिदेशमा रहे सम्म निस्कृय रहने छ र तत्काल नेपाल आई राजनीतिक अधिकार प्राप्त गर्नु परेमा एउटा निवेदनको भरमा राजनीतिक अधिकार सक्रिय गराईने छ।
माथी उल्लेखित दफा १० संशोधन गर्नको लागी तत्कालै आम्सीक रुपमा भयपनि नेपाल नागरिकता ऐन संशोधन २०७९ गरी बिदेशमा बंशजका नेपालीहरुको हकहित निरन्तर कायम राख्न उच्चस्तरीय बंशज नेपाली नागरिकता महाअभियान, नेपाल सरकार,गृहमन्त्रालय,एनआरएनए आईसीसी अध्यक्ष,गोरखाज, एनआरएनए युके अध्यक्षलाई अनिवार्य संलग्न गराइ हाल सालैको संसद सचिवालयमा सो बिधेयक पेश गर्न गृहमन्त्रालयमा तत्काल बिनम्र जोडदार अनुरोध गर्दछौ।
जसले गर्दा नेपालमा अत्यधिक मात्रामा नेपाली चल सम्पत्तिको पलायन रोकिने,लगानी दिनप्रतिदिन मल्टीपल रुपमा बृद्धि हुने तथा भविष्यमा कथम कदाचित देशलाई जनमत सङ्ग्रहको मारले अप्ठेरो पर्ने अबस्था आएमा नेपाल बचाउने एक मात्र भुमीपुत्र बिदेशमा रहेका बंशजका नेपाली मात्रै हुने भयकोले उपरोक्त बमोजिम काम कारबाही गराउन नेपाल सरकार मन्त्रिपरिषद,गृहमन्त्रालय समक्ष जयनेपाल, जयराष्ट्र भन्दै बंशज नेपाली नागरिकताको निरन्तरता महाअभियान २०१९ जोडदार बिनम्र अनुरोध गर्दछ।