२१ माघ, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको पूरै कार्यसमिति निर्विरोध भएको छ।
यही आइतबार लन्डनमा हुने २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्षमा पिपला देवान निर्विरोध बनेकी छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका बाचस्पति रेग्मीले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा निर्विरोध पिपला देवान संस्थाकी पूर्व अध्यक्ष हुन।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ,उपाध्यक्षमा हिमा कुमारी गुरुङ,महासचिवमा टंक भट्टराई,उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पुण्य रेग्मीको उम्मेदवारी निर्विरोध बनेको छ। त्यस्तै,सामाजिक सचिवमा रमेश अर्याल,खेलकुद सचिवमा राज पाण्डे,साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन निर्विरोध बने। सदस्यहरुमा अशोक ढकाल,सागर शर्मा, भिम तामाङ,जेनिश गिरी,सुष्मा पौडेल,मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत बनेका छन्।
यतीको २९ औँ अधिवेशन लन्डनको ह्यारो फुटबल क्लबमा आइतबार हुँदैछ। सोही अवसरमा संस्थाको नयाँ कार्यसमिति घोषणा गरिने निर्वाचन समितिले जनाएको छ। उमेशराज मोक्तान संयोजक रहेको समितिमा राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य छन्।