Saturday January 28, 2023

फेरि सर्यो सलमान खानको ‘दब्याङ्ग द टुर नेपाल’ दर्शकले मारे आश

१५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1420



शीतलपाटीन्युज डटकम, काठमाडौँ  ।

सुपरस्टार सलमान खानको  ‘दब्याङ्ग द टुर नेपाल’ फेरी सरेको  छ  । हाल अप्रत्यासित परिस्थितिको कारण देखाउँदै आयोजकले यसपटक भने कार्यक्रम स्थगित गरेको छ। यस अघि पनि दुई पटक सलमान खानको कार्यक्रम स्थगित भइसकेको थियो । पछिल्लो पटक यस कार्यक्रम  आयोजक ओडीसी कम्पनीले भदौ २३ लाई सारेका थिए। अब अर्को कार्यक्रम गर्ने मिति भने अझै तोकि सकेको छैन् । तर चाँडै नै यस कार्यक्रमको मिति सार्वजनिक गर्ने आयोजकले दाबी गरेको छ । 

अब दर्शकले भने सलमान नेपाल आउने कुरामा बिश्वास गर्न छाडिसकेका छन् । तर, आयोजकले भने सलमानलाई नेपाल ल्याएरै छाड्ने  दाबी गरेका छन् ।  बिक्री भएका टिकट आयोजक टिमले आगामी समयमा हुने कार्यक्रममा पनि मान्य हुने बताएको छ र कार्यक्रममा उपस्थित हुन नसक्ने र कोही विदेश जानु पर्ने खण्डमा टिकट रकम फिर्ता दिनेसमेत आयोजकको भनाई छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?