२६ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन्। दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा,चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन्।