२६ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
मिडलैण्ड,युके। नेपाली समाज नोटिङघम मिडलैण्डको महिला समुहले दि क्लक फंग्सन हल नोटीड्गघममा ११३औ नारी दिवस मनाएको समाचार प्राप्त भयको छ।संस्थाको उपाध्यक्ष श्रीमती नीरू चालिसे र सचिव श्रीमती बिष्णु खरेलले उदघोषण गर्दै शुरु भयको सो कार्यक्रम अध्यक्ष श्रीमती कल्पना गुरुङको अध्यक्षतामा भयको थियो।
नेपाली राष्ट्रिय गान बजाएर शुरु भयको सो कार्यक्रममा नेपाली समाज नोटिङघम ईष्ट मिडल्यान्डका सस्थापक अध्यक्ष रण बहादुर केसी र महिला समूह नोटिङ्घमको अध्यक्ष श्रीमती कल्पना गुरुङले बत्ति बालेर कार्यक्रम उदघाटन गर्नु भयको थियो।
कार्यक्रमको अतिथीमा नेपाली समाज नोटिङ्घमका सस्थापक अध्यक्ष रण केसी क्षेत्री,नेपाली समाज नोटिङ्घमका अध्यक्ष रविन्द्र शर्मा,नेपाली महिला समुहकि सस्थापक अध्यक्ष श्रीमती गिता भट्टराई र निवर्तमान अध्यक्ष श्रीमती अर्चना हमाल,भुतपुर्व अध्यक्ष बिष्णु चालिसे,निवर्तमान अध्यक्ष दीपक सापकोटा,उपाध्यक्ष मुकुन्द खरेल,महासचिव लोकनाथ अधिकारी लगायतले मन्तब्य राख्नु भयके थियो।
सस्थापक अध्यक्ष गीता भट्टराईले स्वागत मन्तव्य राख्नु भयको सो कार्यक्रम ११:०० बाट शुरु भयको थियो। “सय थरी बाजा एउटै ताल,सयथरी गोडा एउटै चाल” भन्ने गीतबाट डान्स गर्दै रमाइलो गरिएको थियो।
हलमा शुरु गरीएको बिवीध सास्कृतिक कार्यक्रम र नारी कविता बाचन गरेर भब्य मनाईएको सो नारी दिवसलाई नेपाली समाज नोटिङघम महिला समुहकी अध्यक्ष श्रीमती कल्पना गुरुङले उपस्थित सबैलाई धन्यबाद दिदै समापन मन्तव्य सङ्गै समापन भयको थियो।