Monday May 29, 2023

ग्रेटर रश्मोर नेपाली कम्युनीटिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै

२७ फाल्गुन, २०७९ शीतलपाटीन्युज डटकम। 1222


ग्रेटर रश्मोर नेपाली कम्युनीटिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै

गोमा राना।

लण्डन। यहि आउँदो १२ तारिख मार्च २०२३ आइतबारको दिन ग्रेटर रश्मोर नेपाली कम्युनीटिले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिरहेको छ। 

उक्त दिन अध्यक्ष मान गुरुङको अध्यक्षतामा प्रमुख अतिथि रशमोर डिपुटि मेयर Clive Grattan को उपस्तिथि,विशेष अतिथिमा नेपाली राजदुतावास बाट र स्थानिय काउन्सिलर,अतिथिमा महिला सामाजिक अभियन्ताहरुको उपस्थितिमा कार्यक्रम भव्य गर्ने जानकारी महिला उपाध्यक्ष सम्योजक लिला सेलिङ माबोले बताइन।

हरेक वर्ष जस्तै यो वर्ष पनि समाजलाइ अत्यावश्यक पर्ने र स्थानीय जनसमुदाय सङ्ग एकसाथ काम गर्दा सहज र छिटो सहयोग मिल्नको लागि विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुबाट जानकारी सुचना प्रवाह हुनेछ।

डिजिटल सोसियल मिडिया,घरेलु हिंसा,मानसिक शारीरिक स्वस्थ,समावेशिता नेतृत्व इन्क्लुशिभ लिडरशिप आदिको जानकारी  गरिने छ। भाषण,आसन र खादा ग्रहण भन्दा सुचना प्रहाव र मनोरन्जन सास्कृतिक कार्यक्रम निर्धारित समयमा गरिने जानकारी सह सम्योजक सुस्मा गुरुग र सचिव सुशीला मगरले जानकारी दिनु भयको छ। 

उक्त कार्यक्रम सबैलाई निसुल्क प्रवेश रहने छ र स्थानिय सबै बाबाआमा दाजुभाइ दिदिबहिनी भान्जाभान्जी सबैलाई आइदिनुहुन जिआरएनसीको विनम्र अनुरोध छ। कार्यक्रम १२ मार्च आइतबार   मध्यान्न १२ बजे देखि शुरु हुनेछ।

स्थान-अल्डर्शोट एम्पाएर हल GU11 1DJ



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?