Monday May 29, 2023

पिकलबलमा नेपाललाई स्वर्ण पदक,रनर अपमा इङ्गलैण्ड

२९ फाल्गुन, २०७९ शीतलपाटीन्युज डटकम। 1403


पिकलबलमा नेपाललाई स्वर्ण पदक,रनर अपमा इङ्गलैण्ड

 शीतलपाटीन्युज डटकम।

काठमाडौं। इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण पदक जितेको छ। पिकलबल एशोसिएसन नेपालको आयोजना भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौंको बौद्ध स्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको थियो।

नेपाल लगायत क्याम्ब्रीज पिकलबल क्लबमा आवद्ध बेलायत,पोर्चुगल,इटालीका खेलाडीहरुले ओपन डबल्स,गर्ल्स डबल र मिक्स डबल्स खेलहरुमा समीर पोखरेल, सुवर्ण शाहले डेभिड एम र डेभिड एसलाई फाइनलमा हराउँदै स्वर्ण पदक जितेका थिए भने जनक फडेरा,राधेश्याम मचामसीले डेभिड बी र सिल्भानोलाई हराउँदै स्वर्ण पदक जितेका थिए। त्यसैगरी ओपन मिक्स डबल्समा नेपालका खेलाडी ज्याक्सन सुवेदी र सबल दाहालले तृतीय स्थान हासिल गरेका छन्। गर्ल्स डबल्समा नेपालका प्रजुना अधिकारी र स्वस्तिका महर्जन तृतीय भएका थिए भने मिक्स डबल्समा नेपालका किरण खनाल र प्रजुना अधिकारीले सिल्भर मेडल जितेका छन्।

टुर्नामेन्टमा रियो नेपाल,एनसिसिएस स्कुल र अरुण चौधरी फाउन्डेसनले स्पोन्सर गरेको थियो। सहयोगी र सहभागीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए।

नेपाल पिकलबल संघले अन्तर्राष्ट्रिय पिकलबल महासंघको ५० औं संगठित सदस्यको रुपमा मान्यता प्राप्त गरी पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रीय बनेको खेल नेपालमा पनि लोकप्रीय बन्दै गएको छ।

(ग्लोबल नागरिक)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?