Monday May 29, 2023

प्रहरी प्रधान कार्यालयसहित प्रहरीका २८७ युनिटको नाम हेरफेर (नामसहित) 

३० फाल्गुन, २०७९ शीतलपाटीन्युज डटकम। 1309


प्रहरी प्रधान कार्यालयसहित प्रहरीका २८७ युनिटको नाम हेरफेर (नामसहित) 

शीतलपाटीन्युज डटकम।

काठमाडौं । सरकारले प्रहरी प्रधान कार्यालयसहित नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ। अब प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम परिवर्तत भएको छ।

हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम नेपाल प्रहरी प्रधान कार्यालय बनाइएको छ। त्यसैगरी उपत्यकाको समग्र शान्तिसुरक्षा व्यवस्थापन र सुपरिवेक्षण गर्दै आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय बनाइएको छ।

त्यस्तै महानगरीय अपराध महाशाखालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय,महानगरीय प्रहरी परिसर काठमाडौं,भक्तपुर र ललितपुरको नाम जिल्ला प्रहरी परिसर काठमाडौं,ललितपुर र भक्तपुर भएको छ। उपत्यकाभित्रका वृत्त,प्रभाग र बेसका अघि रहेको महानगरीय शब्द पनि हटाइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय राखिएको छ। महानगरीय सशस्त्र प्रहरी गणलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नामकरण गरिएको छ।

अब महानगरीय प्रहरी वृत्त हुने कार्यालयहरुको नाम प्रहरी वृत्त मात्रै रहने छ। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण स्वीकृत गरे पनि हेरफेर भएका प्रहरी युनिटहरूको नाम सार्वजनिक गरिएको थिएन।

(अनलाइन नेपाल)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?