३० फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। ग्रेटर रसमोर नेपाली कम्मुनिटीले अन्तरास्ट्रिय नारी दिवस १२ मार्च २०२३ दिउँसो १२ बजे देखि ५ बजे सम्म इम्पायर हल अल्डरसटमा मनायो। उक्त कार्यक्रमको मुख्य उदेश्य परिवर्तन, सशक्तिकरण,जनचेतना र सूचना दिने थियो।
उक्त कार्यक्रमको प्रमुख अतिथि उपमेयर काउन्सिलर कलाईभ गर्यटन हुनु हुन्थ्यो भने बिसेस अतिथि डिपुटी लिडर अफ रसमोर काउनसिलर माउराईस शिहन हुनु हुन्थ्यो। कार्यक्रमको प्रमुख अतिथि उप मेयर काउन्सिलर कलाईभ गर्यटन र अध्यक्ष्य मान गुरुङले पानसमा बत्ति बालि सुरु गरिएको थियो। पहिलो सत्रको कार्यक्रममा सचिब सुशिल मगरले हेल्थ यन्ड सेफ्टी र कार्यक्रम संयोजक उपाध्यक्ष लिला सेलिङ्ग माबोले स्वागत मन्तब्य र प्रमुख अतिथि उपमेयर काउन्सिलर कलाईभ गर्यटनले छोटो शुभकामना र अध्यक्ष मान गुरुङले धन्यवाद दिनु भएको थियो।
दोस्रो सत्रमा घरेलु हिंसा जागरण सम्बन्धि नाटक मन्थन गरेको थियो। जसको परिकल्पना अध्यक्ष मान गुरुङ,निर्देसक कार्यक्रम सहसंयोजक सुष्मा गुरुङ, कलाकारहरु क्या रि बिर थापा मगर,लिला सेलिङ्ग माबो,कविता घर्ति मगर गुरुङ र मधुसुदन थापा हुनु हुन्थ्यो भने मान गुरुङले मेडीटेसन्,ताइची- छिकोंग- र परिवर्तन (हिलिङ्ग ),डा जीत तामांगले मुटु रोग सम्बन्धि,सेकेनड लेफ्टिनेन्टडा रेसमा राजभण्डारीले आफ्नो परिचय र मा खेल्छु, पीसीयसओ दुर्गा थापा र निलमले प्रहरीको र सुरछ्या,रोजगारीको बारे,एलिजा गुरुङले सिटिजन एडभाइस र घरेलु हिंसा बारे कसरि बच्ने र भएमा के गर्ने,निसा शर्माले क्यान्सर, सोयिन्गनाले समाबेसी,लिला सेलिङ्ग माबो र जगन गुरुङले कविता,अनुषा गुरुङले प्रोजेक्ट टुगेदर र सूचना र संचार बारे मधु गुरुङले ब्रृदहरुको लागि घरभाडा सम्बंदी,सुशिला थापाले सोसियल प्रिस्क्रेयाब,सुष्मा गुरुङले मेन्टल हेल्थ सम्बन्धि जानकारी गराउनु भएको थियो भने मनोरंजनमा सयपत्री समुहले नृत्य,दिनेश गुरुङ र मिन गुरुङ ले संगीत,कविता घर्ति मगर गुरुङले गित,रजनी गुरुङले नृत्य र मधुसुधन थापा मगरले दोहारी गित प्रस्तुत गर्नु भएको थियो।
२०० जना भन्दा बढीको सहभागिता थियो भने धेरै जसो ब्रृद आमहरु हुनु हुन्थ्यो भने बोल्ने बक्ताहरु युवतीहरु हुनु हुन्थ्यो भने करिब आठ ओटा जति स्टल थियो। चिया,कफी,बिस्कुट,पानी,फलफुल,प्रवेश निसुल्क थियो। उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने हरु सबैलाई र बिसेष गरि ठुलो सहयोग पुर्याउनु भएकोमा रो हिल वार्डका काउनसिलरहरु डिपुटी काउन्सिल लिडर माउराइस सीहान,काउनसिलर चार्ल्स चौधरी र काउनसिलर स्टुवार्ट त्रुसलरलाइ मन गुरुङले बिसेष धन्यवाद दिनु भयको थियो।
त्यसै गरि उक्त कार्यक्रम बियसबियफ रडियोबाट प्रत्यक्ष्य प्रसारण भएको थियो। कार्यक्रममा उपस्थितहरुको प्रतिक्रया धेरै सकारात्मक र लाभदायक भएको पाइयो।