१ चैत्र, २०७९
शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले आन्तरिक पर्यटककालागि चैत्र १ गतेबाट नयाँ अफर ल्याएको छ।
नयाँ अफर अन्तरगत आन्तरिक पर्यटककालागि आवात जावत दुवै तर्फीमा चार सय रुपैयाँ गरिएको केवलकार प्रालिले जनाएको छ।
‘यस अघि आवात जावत दुवै तर्फीकालागि सात सय रुपैयाँ थियो’ मार्केटिंग डिपार्टमेन्ट हेड तथा चिफ कोडिनेटर सुमेस बाँस्तोलाले भने ‘चैत्र १ गतेदेखि सातसयबाट घटाएर चार सय रुपैयाँ गरेका छौं।’
‘आन्तरिक पर्यटकहरुलाई सराङकोटबाट देखिने मनमोहक दृश्यहरुको आनन्द लिन उत्साहित गराउने उद्देश्यले सिजनको अन्तिम अफर ल्याएका हौं’ बाँस्तोलाले भने।
पोखरा महानगरपालिका–१८ को सेदी बगरदेखि सराङकोटसम्म चल्ने अन्नपूर्ण केवलकारबाट पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा सांझ सूर्यास्तको अवलोकन गर्न सक्छन्।
गत वर्षको फागुन ६ गतेबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगर देखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ।
(गुरुकुल खवर)